सिन्दुर लाउँदै गर्दा सीताको हातबाट ऐना खस्यो । डर र आशङ्काले उसको मनको धरहरा गर्ल्याम्मै ढल्यो । आत्तिँदै ऐना उठाई, “धन्न फुटेनछ । ए बीचबाट चक्केछ । छ्या ऐना त दुई भागमा पो बाँडिएछ ।”

यत्तिकैमा राम कड्क्यो,“ हैन, के फुटाइस् फेरि ? शान्तिसँग बस्न पनि नपाइने भो यो घरमा ।”

एक्कासि पट्काझैँ राम पड्केको देख्दा सीता असमञ्जसमा परी । रामलाई उसले श्रीमन् मात्रै नभई भगवान् नै ठानेकी थिई । हुन पनि १२ वर्षको अबोध उमेरमा बेहुली भएर यही घरमा भित्रिएकी थिई ऊ ।

हेर्नु न टीका लगाउँछुभन्दा हात कामे अनि त ऐना खसीहाल्यो । मैलै समात्न खोज्दा खोज्दै फुस्किहाल्यो क्या ।

मैले केही दिनदेखि तेरो चालामाला हेरिरहेको छु । अलि ठिक लागेको छैन मलाई । भनम कोसँग, नभन नामर्द बन्न सकिनँ । आफ्नै आङ कन्याई आफैँलाई छारो ।

सीता सोचमग्न भई । आखिर के भएको हो उसले बुझ्नै सकिनँ रामसँग उसको किन दरार बढिरहेको छ उसैले पत्तो पाएकै थिइन् । आजकल रामले अनावश्यक झर्कोफर्को गर्न लागेको थियो । सीताले धेरै बेर गम खाई ।

स्मृतिको अपार गङ्गामा डुबेको निकै बेरपछि उसले रहस्यको रत्न भेटाएरै छाडी । नयाँ वर्षको दिन रावणसँग लेकसाइड गएकी थिई । त्यसै दिनदेखि सायद रामको व्यवहार फेरिएको उसले पाएकी थिई ।

सीता आफू पवित्र छे तर राम स्वीकार्न तयार थिएन । कुरोको चुरा यही थियो मात्र शङ्का । त्यसैले त भन्छन् शङ्कै शङ्काले लङ्का जालउँछ भनेर ।

श्रीकृष्ण शर्मा पोखरा

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *