तीन तान्का (भष्मासुरको नाचिरहेछ नाच)

ShriKrishnaSharma


१)
भष्मासुरको
नाचिरहेछ नाच
कोरोना चरी
मोहिनीको तालमा
पर्छ माया जालमा

२)
शान्त प्रकृति
अशान्त छ कोरोना
बोल्दैन लाश
ऊभन्दा खतरा छ
यो देखावटी त्रास ।

३)
भीडको तेल
थपिरहन्छ मान्छे
कोरोना आगो
दन्केको छ हुर्हुरी
सकियो चुरीफुरी

श्रीकृष्ण शर्मा
फलेवास –७, लिमिठाना, पर्वत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *