Skip to content

सूर्य चेम्जोङ

आकाश हुन् पिता मेरा धरती मेरी माता

  • by

आकाश हुन् पिता मेरा धरती मेरी माता
तराई हुन् छाती मेरा शिर सगरमाथा

हिमाली हौँ पहाडी हौँ, हौँ हामी नै तराई
छौँ बसेका मिलिजुली भई दाजु र भाइ
अर्को देश भीर पाखा स्वर्ग फुल्ने कुन छर?
नेपाल हो त्यो जहाँ ढुंगोभित्र देवता हुन्छ

जब आँखा-आँखा एक साथ लड्न थाल्यो

जब आँखा-आँखा एक साथ लड्न थाल्यो
बढ्यो गति मुटुको र सास बढ्न थाल्यो

भई रहयो हेराहेर केही क्षणपछि
मुहारमा राता-राता लाली चढ्न थाल्यो

बन्द ढोका उघारेर पस्छे के गरुँ म

बन्द ढोका उघारेर पस्छे के गरुँ म
जून मेरै आँगनीमा खस्छे के गरुँ म

न बोलाएँ बगैचामा मैले फूललाई
भवँराको छेऊ आई बस्छे के गरुँ म

दु:खको थुप्रो-खरको झुप्रो हिमाल पारी छ

  • by

दु:खको थुप्रो-खरको झुप्रो हिमाल पारी छ
सपना बोक्ने डोकोमा हेर पिरको भारी छ

विपना रोप्छु-सपना रोप्छु जोतेर खेतमा
गरेर खाने यै अतिकति फापर बारी छ

बोलाएर केही बेर, पर्खिएर गयौ

बोलाएर केही बेर, पर्खिएर गयौ
संघारमा टेकी फेरि, फर्किएर गयौ

बोलाउँदा मुस्कानले, सुस्त समीपमा
कुन्नि के कसुर भयो, झर्किएर गयौ

रमाएँ जसै तस्विर, तिम्रो पाएँ मैले

  • by

रमाएँ जसै तस्विर, तिम्रो पाएँ मैले
छातीमाथी टासेँ लाख, म्वाई खाएँ मैले

तिमी साथ हुँदा खेरी, सुस्त छुँदा खेरी
भई पागल खुशीले, गुन्नुनाएँ मैले

अबेरसम्म तिमीलाई, पर्खिएर आएँ

अबेरसम्म तिमीलाई, पर्खिएर आएँ
कुर्दा कुर्दै साँझ पर्यो, फर्किएर आएँ

काँडाहरु मेरो बाटो, छेक्थे चारैतिर
सम्हालिदै कसो–कसो, तर्किएर आएँ

तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ

  • by

तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ
र ईज्जतदारको, बजारमा भेटिन्छ ऊ

चर्चासँगै व्यस्तताको, कुरा नगरौं के
धरान कहिले भेडेटारमा भेटिन्छ ऊ

दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)


यस्तो लाग्यो यो घामको राप तिमीसँग छ
मेरो हरेक प्रश्नको जवाफ तिमीसँग छ
हेर्छौ मात्र न त बोल्छौ, बोलाउँछौ मलाई
हे ! जून यही रुपको, रवाफ तिमीसँग छ

पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी

पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
मलाई हेरी-हेरी मुस्कुराउँदैछिन उनी

शीत जस्ती मैले हेर्दा, होईन भनुँ कसरी
बिहानीमा घाम देख्दा, लजाउँदैछिन उनी

भरी आयौ तिमी

  • by

रित्तो थियो सिसी रक्सी, भरी आयौ तिमी
नजिकिन यो बहाना, गरी आयौ तिमी

नपिउँदा अलिकति, सर्माए झै थियौ
पिएपछि आफै वर, सरी आयौ तिमी

खोलापारि थियौ तिमी, म त वारि थिएँ
मेरो लागि यत्रो खोला, तरी आयौ तिमी

खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो

खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
खिस्स हाँसी बस भन्यौ, बस्न मन लाग्यो

थाहा भयो गहिराई, तिम्रो मुस्कानको
जति फस्यो उति उति, फस्न मन लाग्यो