Skip to content

आकाश हुन् पिता मेरा धरती मेरी माता

  • by


आकाश हुन् पिता मेरा धरती मेरी माता
तराई हुन् छाती मेरा शिर सगरमाथा

हिमाली हौँ पहाडी हौँ, हौँ हामी नै तराई
छौँ बसेका मिलिजुली भई दाजु र भाइ
अर्को देश भीर पाखा स्वर्ग फुल्ने कुन छर?
नेपाल हो त्यो जहाँ ढुंगोभित्र देवता हुन्छ

गर्छौं माया यो देशको आफ्नो प्राणभन्दा
संसारमा अघि हुन्छ चन्द्र सूर्य झण्डा
उठाएर यो माटोलाई शिरमाथि लाऊँ म
सयौं जूनी नेपाल मै जन्मिरहन पाऊँ म

(गीत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *