मुक्तक (हृदयभरि मलाई) सूर्य चेम्जोङ मुक्तक by editorDecember 14, 2013१) हृदयभरि मलाई तीर लागेको छ ढल्कँदो छ उमेर नि पिर लागेको छ मेरा बाजे भन्नुहुन्छ ‘पिर नले नाति’ किनभने भर्खरै मंसिर लागेको छ ।
छाडी जाउँ भन्छु सूर्य चेम्जोङ गीति कविता by editorDecember 10, 2013छाडी जाउँ भन्छु फूल माया तर लाग्छ कोही आई चुँडाउला भनी डर लाग्छ दुई दिनलाई न हो आफ्ना भन्नेहरू सम्झनामा साथ हुन्छ चोट दिने बरू आँखै भरी तिमी मेरो वर -पर लाग्छ कोही आई चुँडाउला भनी डर लाग्छ
आइरहेँ भेट्न सूर्य चेम्जोङ गजल by editorOctober 12, 2013आइरहेँ भेट्न आफ्नो मान्छे चिनेपछि तिम्रो मेरो विवाहको कुरो छिनेपछि पुलकित भइरह्यो मन उस्तैसित रातो चुरा सिन्दुर र पोते किनेपछि
मन भित्र सानो बस्ने ठाउँमा सूर्य चेम्जोङ गजल by editorOctober 1, 20131 Commentमन भित्र सानो बस्ने ठाउँमा एउटी छिन् मसँग जीवन काट्ने गाउँमा एउटी छिन् कत्ति धेरै भाग्यमानी ठान्दछु म आफूलाई संसारको खुशी दिने बाहुमा एउटी छिन्
चाँदनीको कालो धब्बा सूर्य चेम्जोङ गजल by editorSeptember 25, 2013चाँदनीको कालो धब्बा पनि लाली लाग्छ तिमी बिना शहर यो खाली खाली लाग्छ पीडामा छु रोएको छु यस्तो बेला भने किन किन सम्बेदना पनि ताली लाग्छ
पराईको हात तिमी सूर्य चेम्जोङ गीति कविता by ksFebruary 10, 2013पराईको हात तिमी समाएर गयौ बिदाइमा मुस्कुरायौ रमाएर गयौ साथ हुँदा जीवनमा उत्सव मनाएँ मन भरी सपनाको महल बनाएँ आँशुहरू आँखाभरि जमाएर गयौ बिदाइमा मुस्कुरायौ रमाएर गयौ
रुवाई -२ (मुक्तक) सूर्य चेम्जोङ मुक्तक by ksFebruary 2, 2013मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी तिमी साथ भए के के बन्थ्यो जिन्दगी यसैले त साथ भयौँ दुई धाम जून बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी
वारिपारि दुई आँखा सूर्य चेम्जोङ गीति कविता by ksJanuary 27, 2013वारिपारि दुई आँखा भयो हेरा हेरी फूलसँग भँवराको मायाँ बस्यो फेरि सधैं सधैं एक्लै रहँदा छुट्टिएर मुटू दिन रात सम्झनाले खाने कुटु कुटू फेरि आज मन भित्र चल्यो आँधी बेह्री फूलसँग भवँराको मायाँ बस्यो फेरि
गुलाबको फूल लिई सूर्य चेम्जोङ गजल by ksDecember 14, 20121 Commentगुलाबको फूल लिई थमाएको याद गर उकालोमा यिनै हात समाएको याद गर एकै छिन साथ छुट्दा तड्पिएर रोई रोई परेलीमा आँशुहरू जमाएको याद गर
मिठो सपना मनमा दिलाउँछ सूर्य चेम्जोङ गीति कविता by ksDecember 10, 2012मिठो सपना मनमा दिलाउँछ मायाँले कैले हाँसो कैले आँशु पिलाउँछ मायाले सधैँ साथ भईरहुँ हुँदो रहेछ मन एकै छिन साथ छुट्दा रुँदो रहेछ मन फाटे पनि मन आफै सिलाउँछ मायाले कैले हाँसो कैले आँशु पिलाउँछ मायाले
मनभित्र रोए पनि हाँसेकै छु सूर्य चेम्जोङ गीति कविता by ksNovember 29, 2012मनभित्र रोए पनि हाँसेकै छु हाँस्न धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न दि–दिएँ मनमा कति थिए सुख जति बदलामा तिमीबाट लिएँ दु:ख जति पलाएको कलिलो यो आफ्नै मन भाँच्न धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न
म त कस्तो कस्तो भएँ सूर्य चेम्जोङ गीति कविता by ksNovember 10, 2012म त कस्तो कस्तो भएँ धेरै सस्तो भएँ निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ साँझ मन रोईदिन्छ जून गनी-गनी बढ्छ याद झनझनी बिर्सुँ भन्दा पनि सम्झनाले दिन दिनै कस्तो कस्तो भएँ निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ
खडेरीमा सास आयो सूर्य चेम्जोङ गजल by ksOctober 28, 2012खडेरीमा सास आयो बाँच्ने आस आयो बिस्तारै बिस्तारै जब कोही पास आयो उता हावा चलेपछि मनको बागमा पिरतीको यता मन्द यो सुवास आयो
सधैँ हान्छ मुटुभित्र सोला सूर्य चेम्जोङ गजल by ksOctober 24, 2012सधैँ हान्छ मुटुभित्र सोला मेरी प्रिया शायद धेरै बाँच्तिन होला मेरी प्रिया चाँदनीले राति राति बोलाउँछे माथि सपनीमा तर्छु खाली खोला मेरी प्रिया
पाएर तिमीलाई म रमाएको थिएँ सूर्य चेम्जोङ गजल by ksOctober 14, 2012पाएर तिमीलाई म रमाएको थिएँ झिकेर यो मुटु सिंगै थमाएको थिएँ हेर्दा हेर्दै छल्किएर झरी गयो खुशी बर्षौँदेखि आँखाभरि जमाएको थिएँ
कहीँ कतै यौटै दाग नलाई सूर्य चेम्जोङ गजल by ksOctober 6, 2012कहीँ कतै यौटै दाग नलाई बनायो मेहनतले ईश्वरले तँलाई बनायो देखेपछि अरुहरू तँलाई धेरैले आफ्ना लागि आफैलाई सलाई बनायो
अचानोको खुकुरीलाई सूर्य चेम्जोङ गीति कविता by ksOctober 3, 2012अचानोको खुकुरीलाई चोट के’था हुन्छ छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ बर्षौ भयो खडेरीमा पानी नपरेको छैन साँझ कल्पिएर आँशु नझरेको फूलबाट रेटिनेको आफ्नै कथा हुन्छ छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ
रुवाई (मुक्तक) सूर्य चेम्जोङ मुक्तक by ksSeptember 22, 2012एउटा दाप ! दुई तरबार मिल्दैनन् एकै साथ दुई ! जीत–हार मिल्दैनन् जति सुकै प्रयास नै, गरौँ हामी तर कहिल्यै नदीका दुई-धार मिल्दैनन्
दुई मुक्तक (कोसँग रिसाऊँ, अरू चाँहिदैन) सूर्य चेम्जोङ मुक्तक by ksSeptember 16, 20122 Comments(१) तिमी नै भन त के म त्योसँग रिसाऊँ? तिमीलाई चाहने जो-जोसँग रिसाऊँ ! सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने तिमीसँग नरिसाए, कोसँग रिसाऊँ ?
पक्कै भेट्न आउँछे सूर्य चेम्जोङ गजल by ksAugust 26, 20121 Commentपक्कै भेट्न आउँछे यो, गजल पढी मलाई सहानुभूति देखाउन, अन्तिम घडी मलाई रमेकी छिन् पराईको, अंगालोमा आज उही आफूभन्दा मायाँ गर्थी, जसले बढी मलाई