Skip to content

सूर्य चेम्जोङ

छाडी जाउँ भन्छु

छाडी जाउँ भन्छु फूल माया तर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

दुई दिनलाई न हो आफ्ना भन्नेहरू
सम्झनामा साथ हुन्छ चोट दिने बरू
आँखै भरी तिमी मेरो वर -पर लाग्छ
कोही आई चुँडाउला भनी डर लाग्छ

मन भित्र सानो बस्ने ठाउँमा

मन भित्र सानो बस्ने ठाउँमा एउटी छिन्
मसँग जीवन काट्ने गाउँमा एउटी छिन्

कत्ति धेरै भाग्यमानी ठान्दछु म आफूलाई
संसारको खुशी दिने बाहुमा एउटी छिन्

पराईको हात तिमी

  • by

पराईको हात तिमी समाएर गयौ
बिदाइमा मुस्कुरायौ रमाएर गयौ

साथ हुँदा जीवनमा उत्सव मनाएँ
मन भरी सपनाको महल बनाएँ
आँशुहरू आँखाभरि जमाएर गयौ
बिदाइमा मुस्कुरायौ रमाएर गयौ

वारिपारि दुई आँखा

  • by

वारिपारि दुई आँखा भयो हेरा हेरी
फूलसँग भँवराको मायाँ बस्यो फेरि

सधैं सधैं एक्लै रहँदा छुट्टिएर मुटू
दिन रात सम्झनाले खाने कुटु कुटू
फेरि आज मन भित्र चल्यो आँधी बेह्री
फूलसँग भवँराको मायाँ बस्यो फेरि

मिठो सपना मनमा दिलाउँछ

  • by

मिठो सपना मनमा दिलाउँछ मायाँले
कैले हाँसो कैले आँशु पिलाउँछ मायाले

सधैँ साथ भईरहुँ हुँदो रहेछ मन
एकै छिन साथ छुट्दा रुँदो रहेछ मन
फाटे पनि मन आफै सिलाउँछ मायाले
कैले हाँसो कैले आँशु पिलाउँछ मायाले

मनभित्र रोए पनि हाँसेकै छु

  • by

मनभित्र रोए पनि हाँसेकै छु हाँस्न
धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न

दि–दिएँ मनमा कति थिए सुख जति
बदलामा तिमीबाट लिएँ दु:ख जति
पलाएको कलिलो यो आफ्नै मन भाँच्न
धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न

म त कस्तो कस्तो भएँ

  • by

म त कस्तो कस्तो भएँ धेरै सस्तो भएँ
निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ

साँझ मन रोईदिन्छ जून गनी-गनी
बढ्छ याद झनझनी बिर्सुँ भन्दा पनि
सम्झनाले दिन दिनै कस्तो कस्तो भएँ
निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ

सधैँ हान्छ मुटुभित्र सोला

  • by

सधैँ हान्छ मुटुभित्र सोला मेरी प्रिया
शायद धेरै बाँच्तिन होला मेरी प्रिया

चाँदनीले राति राति बोलाउँछे माथि
सपनीमा तर्छु खाली खोला मेरी प्रिया

अचानोको खुकुरीलाई

  • by

अचानोको खुकुरीलाई चोट के’था हुन्छ
छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ

बर्षौ भयो खडेरीमा पानी नपरेको
छैन साँझ कल्पिएर आँशु नझरेको
फूलबाट रेटिनेको आफ्नै कथा हुन्छ
छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ

दुई मुक्तक (कोसँग रिसाऊँ, अरू चाँहिदैन)

(१)
तिमी नै भन त के म त्योसँग रिसाऊँ?
तिमीलाई चाहने जो-जोसँग रिसाऊँ !
सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने
तिमीसँग नरिसाए, कोसँग रिसाऊँ ?

पक्कै भेट्न आउँछे

पक्कै भेट्न आउँछे यो, गजल पढी मलाई
सहानुभूति देखाउन, अन्तिम घडी मलाई

रमेकी छिन् पराईको, अंगालोमा आज उही
आफूभन्दा मायाँ गर्थी, जसले बढी मलाई