कतातिर लागौँ सूर्य चेम्जोङ गजल by kbsJune 7, 20111 Commentकतातिर लागौँ काँडा, दुईटै तिर छ तल हेर्यो झिर छ, माथि ठाडो भीर छ बिदेशमै गयो जीवन, घर फर्कौ भने आफ्नै टाउको माथिको, ऋणको पीर छ
शिशिरको घुम्टो खोली सूर्य चेम्जोङ गजल by kbsJune 2, 2011शिशिरको घुम्टो खोली, खुलेकी छे ऊ सोह्र बर्षे जवानीले, फुलेकी छे ऊ समयै हो कस्तुरी झैं, बिना खोज्दा खोज्दै मेचीदेखि कालीसम्म, डुलेकी छे ऊ
बैशालु यो हावा आयो सूर्य चेम्जोङ गजल by kbsMay 28, 2011बैशालु यो हावा आयो, छाती कस्यो मेरो थाहै नपाई दिलमा, कोही पस्यो मेरो त्यहीं जन्मे, हुर्के, बढेँ, बैश चढेपछि यही माटोसँग गाढा, प्रेम बस्यो मेरो
मैले रुचाएको फूल, खास तिमी थियौ सूर्य चेम्जोङ गजल by kbsMay 19, 20111 Commentमैले रुचाएको फूल, खास तिमी थियौ साथै फोक्सोभित्र चल्ने, सास तिमी थियौ हिजो आज बगैचाको, रुप बेग्लै भा छ किनभने फूलको, सुवास तिमी थियौ
आज झर्ना-समुद्रको, नाउमा हुन्थेँ म सूर्य चेम्जोङ गजल by kbsMay 13, 2011आज झर्ना-समुद्रको, नाउमा हुन्थेँ म काश पानी हुँदो त, तलाउमा हुन्थेँ म कठ्यांग्रिंदो जाडोसँग, मीठो जोरी खेल्थेँ जति बेला तिम्रो तातो, बाहुमा हुन्थेँ म ढुङ्गो जस्तो भइएछ, सस्तो भइएछ सुन भएँ यति बेला, भाउमा हुन्थेँ म
न त मेरो साथ मेरै कुनै अंग हुन्छ सूर्य चेम्जोङ गजल by kbsMay 7, 20112 Commentsन त मेरो साथ मेरै, कुनै अंग हुन्छ कलेजी त भनुँ भने, तिमीसँग हुन्छ रातभरि चन्द्रमाको, रुप हेर्नेहरू जस्ले तिम्रो रुप हेर्छ, ऊ नै दंग हुन्छ
हरेक साँझ जून मलाई चिहाउँछ सूर्य चेम्जोङ गजल by kbsApril 29, 2011हरेक साँझ जून, मलाई चिहाउँछ न बोलाउँछ आकाशमा, न त आउँछ किन लाग्छ सामु भए, पनि नभए झै बैगुनी छे भनुँ भने, आँखा जुधाउँछ
के भनुँ तिमीलाई म सूर्य चेम्जोङ गीति कविता by kbsApril 24, 20111 Commentसावनको झरी भनुँ, या त जादुगरी खै के भनुँ तिमीलाई म, स्वप्न सुन्दरी चाँदी दन्त, स्याउ गाला, मुहार हिमानी बैशालु ओँठ, गुराँस झै, लाली जवानी फूल भनुँ, जून भनुँ, या स्वर्गकी परी खै के भनुँ तिमीलाई म, स्वप्न सुन्दरी
मेरो साथ तिम्रो चिठी, खात बाँकी छ सूर्य चेम्जोङ गजल by kbsApril 21, 2011मेरो साथ तिम्रो चिठी, खात बाँकी छ तिमी गए पनि तिम्रो, याद बाँकी छ जिन्दगीमा कैयन, चिसो रात काँटे कटाउन अँझ कति, रात बाँकी छ
के एउटा जून छैन ? सूर्य चेम्जोङ गजल by kbsApril 19, 2011छैन कोशी, कर्णाली काली अरुण छैन लाखौं तारा भए, के एउटा जून छैन ? एकाबिहान हत्या भो जोडी परेवाको को हत्यारा भनौं र हातमा खुन छैन
मेरो जिन्दगानी तिमी सूर्य चेम्जोङ गीति कविता by kbsApril 13, 2011मेरो जिन्दगानी तिमी, मेरी जून, घाम शंका लाग्छ भने मेरो, आऊ मुटु छाम
मै छोरी सुन्दरी सूर्य चेम्जोङ गीति कविता by kbsApril 9, 20111 Commentहिउँ जस्तो रुप मेरो, मै गोरी सुन्दरी हिमालय पर्वतकी, मै छोरी सुन्दरी नागबेली चाला मेरो, ओठ गुलाबको मृग जस्तै आँखा मेरो, बैँश गुराँसको जोवन फुल्यो पहेँलै, मै तोरी सुन्दरी हिमालय पर्वतकी, मै छोरी सुन्दरी
मौसम–हावा आज किन, चुप देख्छु म? सूर्य चेम्जोङ गजल by kbsApril 5, 20111 Commentमौसम–हावा आज किन, चुप देख्छु म? चारतिर केवल तिम्रो, रुप देख्छु म । आकाश छोडी चन्द्रले, धरती झरेपछि, धरतीको बेग्लै आज, स्वरुप देख्छु म ।
त्यति रुन्छु यहाँ जति सूर्य चेम्जोङ गीति कविता by kbsMarch 30, 2011त्यति रुन्छु यहाँ जति, त्यहाँ रुन्छौ तिमी दुबै आँखा चिम्म गर्दा, सँगै हुन्छौ तिमी मेरो सपनीमा आई, सधैं डुलिरहन्छौ सम्झनामा-कल्पनामा, सधैं फुलिरहन्छौ । मैले रोए-कराएको, न त सुन्छौ तिमी दुबै आँखा चिम्म गर्दा, सँगै हुन्छौ तिमी ।
म त कान्छी नानी सूर्य चेम्जोङ गीति कविता by kbsMarch 26, 20111 Commentचारैतिर फुल्यो मेरो, सङ्ग्लो जवानी हिमालमा जन्मिएकी, म त कान्छी नानी
बितेको पुरानो, कहानी याद आयो सूर्य चेम्जोङ गजल by kbsMarch 21, 20115 Commentsबितेको पुरानो, कहानी याद आयो । फक्रेर झरेको, जवानी याद आयो ।
मेरो दिलमा तिमीले यस्तो गरेकी थ्यौ सूर्य चेम्जोङ गजल by kbsMarch 15, 20112 Commentsमेरो दिलमा तिमीले, यस्तो गरेकी थ्यौ । उस बेला तिमी सारै, मन परेकी थ्यौ । भमरा नै फूल छोडी तिमी पछि थिए साना साना नयनमा, मात भरेकी थ्यौ ।
तिमीसँगै रुझेको, बर्षातको याद आयो सूर्य चेम्जोङ गजल by kbsMarch 11, 20113 Commentsतिमीसँगै रुझेको, बर्षातको याद आयो । र दुवै एक भएको, रातको याद आयो । थोरै डर थोरै लाज, मनमा नजनिंदो ! आज त्यो पहिलो, मुलाकातको याद आयो ।
रुवायौ तिमीले सूर्य चेम्जोङ गजल by kbsMarch 5, 20111 Commentए! कस्तो घडीमा, उभ्यायौ तिमीले? हँसाई-हँसाई, रुवायौ तिमीले । म हाँसू कसोरी, म बाँचू कसोरी ? मबाटै कलेजो, चुडायौ तिमीले ।
याद गर (मुक्तक) सूर्य चेम्जोङ मुक्तक by kbsMarch 2, 20111 Commentत्यो रात.., त्यो झरी.., असिनाको याद गर एक साथ खलखली, पसिनाको याद गर छोएकै छैन भन्छौ भने पनि, के नै भो र ? एक पल्ट तिम्रो चिनो, हसिनाको याद गर ।