श्रोत–साधन, झाडीमा छन् सूर्य चेम्जोङ गजल by kbsJuly 19, 20111 Comment श्रोत–साधन, झाडीमा छन् बलिया यूवा, खाडीमा छन् आफू छु एक्लै, अरबतिर बा-आमा, उनी, टाँडीमा छन् पहाड बग्यो, पहिरोसँग तराई जति, बाढीमा छन् युगले चन्द्र, छोएर फर्क्यो हाम्रा, बयल गाडीमा छन् भोलिको प्रात, उज्यालो पार्न भविष्य हाम्रै, नाडीमा छन् 1 thought on “श्रोत–साधन, झाडीमा छन्” अतिथि July 20, 2011 at 7:27 am Reply you are 100% right..you are 100% right.. Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
you are 100% right..
you are 100% right..