मायाँ भन्ने चिज सूर्य चेम्जोङ गीति कविता by ksAugust 22, 2012मायाँ भन्ने चिज साँच्चै ! यस्तै हुँदो रै’छ यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ जति सुकै घाम पानी लागोस तगारो मुटू-मुटु मिले पछी छुट्टाउन गाह्रो छुट्टे पनि सम्झनाले तड्पाउँदो रै’छ यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ
दुई मुक्तक (दिन्छु, दिनु) सूर्य चेम्जोङ मुक्तक by ksAugust 14, 2012एक) झर्नै परे आँखाबाट बरु झरी दिन्छु तर मायाँ तिमीलाई मुटुभरि दिन्छु किन खोज्छौ घर जग्ग पेन्सन्पट्टा भन ? जिन्दगी नै तिम्रो नाम सारी गरी दिन्छु
म भएँ आज उनको भर परेर घायल सूर्य चेम्जोङ गजल by ksJuly 31, 2012म भएँ आज उनको भर परेर घायल एकोहोरो मैले मात्र माया गरेर घायल मनभरि व्यर्थै फूल फुलाएछु आज हुन मस्त बेला फक्रिएको फूल भरेर घायल
दुई मुक्तक (तिमीलाई, भएँ) सूर्य चेम्जोङ मुक्तक by ksJuly 26, 2012(१) अन्तिम सासले, खोजिरह्यो तिमीलाई मर्ने बेला उस्ले, सोधिरह्यो तिमीलाई बतासले फूल, झारे पनि हाँगाबाट सुवाशले सधैँ, रोजिरह्यो तिमीलाई
छट्पटिदै चिहानमा लाश हुन्छ मेरो सूर्य चेम्जोङ गजल by ksJuly 19, 2012छट्पटिदै चिहानमा लाश हुन्छ मेरो आइनौ नै भने अन्तिम सास रून्छ मेरो बन्ने भए पत्थरले लोग्ने मान्छेहरू बेदनाले हृदय यो किन छुन्छ मेरो
बिदा गर्दा मुस्कानमा मोती जड्नू सूर्य चेम्जोङ गजल by ksJuly 16, 2012बिदा गर्दा मुस्कानमा मोती जड्नू तिमी मेरो लाश चिता चढ़्दा डोली चढ़्नू तिमी सँगै कहाँ रहन्छन् र ? आकाश धरती त्यै भएर बादलकोमाथि अड्नू तिमी
दायाँ हात एउटालाई बायाँ अर्कैलाई सूर्य चेम्जोङ गीति कविता by ksJuly 3, 20121 Commentदायाँ हात एउटालाई बायाँ अर्कैलाई साथ दिन्छौ एउटालाई माया अर्कैलाई खेल सम्झी मायाँलाई खेल्यौ बैगुनी पुजेर हुँदैन ढुंगो देवता कहिले नि बायाँ छाती एउटालाई दायाँ अर्कैलाई साथ दिन्छौ एउटालाई माया अर्कैलाई
सम्झनामा जलाउँदै मुटु माझ बत्ती सूर्य चेम्जोङ गीति कविता by ksJune 22, 2012सम्झनामा जलाउँदै मुटु माझ बत्ती आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती नफुटाए आँखाबाट बेदनाको मुल फुलाएर ल्याउँदैछु म पिरतीको फूल तिम्रै निम्ति मन्दिरमा बाल्दै लाख बत्ती आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती
न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ सूर्य चेम्जोङ गजल by ksMay 13, 2012न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ न तिमीले हार्न जान्यौ न त मैले हार्न सकेँ भेटी रहेँ यात्राभरि कति कति भेलहरू समातेर हात न त सँगै खोला तार्न सकेँ
यो ! भितामा नयाँ पात्रो लगाएर गयो सूर्य चेम्जोङ गजल by ksApril 15, 2012यो ! भितामा नयाँ पात्रो लगाएर गयो फेरी एउटा सालले ! अघाएर गयो ठडिएका थिए धेरै, सपनाका महल आँधी हुरी सुनामीले, बगाएर गयो
बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ सूर्य चेम्जोङ गजल by ksApril 11, 2012बक्लौरीलाई छोडेर चितवन टाँडी आएँ तिम्रो लागि भनेर म घरबार छाडी आएँ छेकेको थ्यो मेरो बाटो समाज परिवारले भागी भागी हुँदै जंगल म झाडी झाडी आएँ
सधैं आउँछे मलाई भेट्न राति राति सूर्य चेम्जोङ गजल by ksApril 7, 2012सधैं आउँछे मलाई भेट्न राति राति बोलाउँछे सपनीमा बादलुको माथि सुनसान एकान्तमा मन्द मुस्कानले बनाएर पत्थर झैं पानी पानी छाती
फेरि पनि उही बाटो आउँछ्यौ कि भनी सूर्य चेम्जोङ गजल by ksApril 1, 2012फेरि पनि उही बाटो आउँछ्यौ कि भनी अबेरसम्म पर्खिएँ तारा गनी-गनी मुस्कानमा गुराँसको लाली फिजाउँदै आकाशमा बोलाउँथी मलाई चाँदनी
रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ सूर्य चेम्जोङ गजल by ksMarch 24, 2012रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ मन त ढ़ुंगा कै भएदेखि जाती हुन्छ जति सुकै आँधी हुरी वतास नै चलोस् न त काँच सरी टुक्रा टुक्रा छाती हुन्छ
पर्खिरहुँला म ताराहरूको माझमा सूर्य चेम्जोङ गीति कविता by ksMarch 21, 2012पर्खिरहुँला म ताराहरूको माझमा चाँदनी बनेर तिमी आउनु साँझमा मनभरि गुन्गुनाई सपनाको गीत दुई मुटु एक भई लगाउँला प्रीत बादलुले छोपेर त्यो मुहार लाजमा चाँदनी बनेर तिमी आउनु साँझमा
पर्खिरहनु तिमीले चाँदनी रातमा सूर्य चेम्जोङ गजल by ksMarch 13, 2012पर्खिरहनु तिमीले चाँदनी रातमा आउँदैछु लिई रातो गुलाब हातमा प्रेमदिवस दिलको आज कुरा खोली सँ-सँगै गरौं ज्युने बाचा मुक्तिनाथमा
रूझेर झरीमा परेली त्यो सूर्य चेम्जोङ गजल by ksMarch 3, 2012रूझेर झरीमा परेली त्यो झिमझिम थियो रूझेका थ्यौं दुबै जना झरी सिमसिम थियो अपरिचित आँखाहरू लड्नथाल्दा आपसमा यस्तो लाग्यो हाम्रो पैले देखी हिमचिम थियो
के पिउनु जब एक्लै तिम्रो साथ हुन्न सूर्य चेम्जोङ गजल by ksFebruary 11, 20121 Commentके पिउनु जब एक्लै तिम्रो साथ हुन्न नशा त्यो नशा होइन जसमा मात हुन्न सुनसान छ मौसम त्यहाँ हामी दुई के मज्जा भो पिउनुको जब रात हुन्न
झुकेर म पाउ तिम्रो छुन पाइरहुँ सूर्य चेम्जोङ गजल by ksJanuary 14, 2012झुकेर म पाउ तिम्रो छुन पाइरहुँ आमा आमा भनि सधैं रून पाइरहुँ जति बेला आँखाभित्र सानो घाउ हुन्छ ममतामयी आँशुले म धुन पाइरहुँ
हुलाकीको साथबाट खाम हरायो सूर्य चेम्जोङ गजल by ksJanuary 6, 2012हुलाकीको साथबाट, खाम हरायो खामसँगै पठाउनेको, नाम हरायो बर्षौको त्यो मेरो घडी, थियो परिक्षाको आउनै बाँकी थियो परिणाम हरायो