Skip to content

नवराज पोखरेल पाखेली

बेइमानी लाग्छ मलाई

अचेल मौसम पनि बेइमानी लाग्छ मलाई,
पढ्न खोज्छु दुनिया अज्ञानी लाग्छ मलाई ।

फुलमा सुगन्ध छैन अनि तारा चमक्दैनन्,
बसन्त र बाहार पनि नादानी लाग्छ मलाई ।

यसै भन्थी उसले

संगै बाचौ संगै मरौ यसै भन्थी उसले,
सयौ खोला संगै तरौ यसै भन्थी उसले ।

मेरो हात समाउथी गाला सुम्सुम्याउथी,
जुनी भरी माया गरौ यसै भन्थी उसले ।

उत्ताउली हुन्थी कहिले मधहोशी बन्थी,
अगाँल लौ प्यास भरौ यसै भन्थी उसले ।

मुनामदन बनौ भन्थी कहिले जुनतारा,
फुल बनि बास्ना छरौ यसै भन्थी उसले ।

दुवै मिलि एउटा सुन्दर संसार बनाएर ,
झट्टै त्यतै बसाइ सरौ यसै भन्थी उसले ।

– सर्वाधिकार नवराज पोखरेल “पाखेली”
१६ जेठ २०७० (बालुवाटार-काठमाडौँ)

सुन राम्रो हुन्छ अ’रे

पुर्णिमा मा जुनेली को जुन राम्रो हुन्छ अ’रे ,
मनमा बज्ने बासुरी को धुन राम्रो हुन्छ अ’रे !!

तर मेरी उनि भने अलिक फरक कुरा गर्छिन,
जुन भन्दा शरीर को खुन राम्रो हुन्छ अ’रे !!

सबै को मन जित्नलाइ असल काम गर्यो भने,
जीवन भर अरुले गाउने गुन राम्रो हुन्छ अ’रे !!

तर आज भोलि मित्र जमानानै बद्लिसक्यो,
जुन धुन खुन भन्दा नि सुन राम्रो हुन्छ अ’रे !!

– सर्वाधिकार @ नवराज पोखरेल “पाखेली”

NawarajPokharel

तरबार बलियो हुदैन नि

सुन नानी कलम भन्दा, तरबार बलियो हुदैन नि,
हाम्रा लागि छाप्रो असल, दरवार बलियो हुदैन नि

महलमा बस्ने पनि धेरै जंगल गएका छन्,
ननीको चाल गर्यौ भने घरबार बलियो हुदैन नि

जग राम्रो हाल्नु पर्छ बलियो घर बनाउनलाई,
तला मात थप्यौ भने आधार बलियो हुदैन नि

हरामी लाग्छ मलाइ ।

अचेल मौसम पनि बेइमानी लाग्छ मलाइ,
पढ्न खोज्छु दुनिया अज्ञानी लाग्छ मलाइ ।

फुलमा सुगन्ध छैन अनि तारा चमक्दैनन्,
बसन्त र बाहार पनि नादानी लाग्छ मलाइ ।

सबै चिज स्वार्थी लाग्छन प्रकृति र सरोबर,
मन्द मन्द हावा पनि सुनामी लाग्छ मलाइ ।

बुद्ध थिए रे यो देशमा अनि सिता र भृकुटी,
सुन्दा आजभोली सब काहानी लाग्छ मलाइ ।

सब बकवास हुन् बोल्छन अनि बोलि फेर्छन् ,
नेता जति सबै यो देशका हरामी लाग्छ मलाइ ।

– सर्वाधिकार @ नवराज पोखरेल “पाखेली”
२० जेठ २०७० (मैतीदेवी मन्दिर परिसर)

ऊ मानक्रुत मानव

  • by

एउटा आकृति
कालो …सेतो दो छायाँमा …
मानव जस्तै लाग्ने
तर …फरक
ऊ मानव
तर अलि पृथक
कहिले रुन्छ
कहिले कराउँछ
कहिले आतिन्छ
आफ्नो परिचय खोज्दै

हिजो आज किन मेरो मन उडेको चरी बनी

  • by

हिजो आज किन मेरो मन उडेको चरी बनी !
तप्प तप्प जिन्दगी यो बर्सेको छ झरी बनी !!

हिमाल जस्तो सेतो सुन्दर गुराँस जस्तो जोवन लाली
मलाई लिन आउदै छ कि मेरो हजुर यसपाली
नाचूँ नाचूँ भन्छ यो मन उर्लिएर आउँछ बदन
म त फूल बगैचाको ऊ नै हजुर मेरो माली !!

आफन्तको अभाव भयो

  • by

एक्लोपना छायो हजूर आफन्तको अभाव भयो !
जीवन मेरो तातो झिरमा उनीएको कबाब भयो !!

देखेको थें मीठा सपना उनी सँगै कति कति !
तर आज टुट्यो सबै मात्र एउता खवाव भयो !!

हारे मैले आफैसँग जीतको बाजी राखे पनि !
उनै ज्ञानी उनै महान उनकै ठुलो रावफ भयो !!

NavarajPokharelPakheli

हिजो देखें आकाशमा

  • by

हिजो देखें आकाशमा जुनेलीमा जुन रोएको !
अशान्तिलाई नखपेर बाँसुरीको धुन रोएको !!

नेपाल आमा रुँदै भन्छिन, मलाई ठुलो घात गर्यौ !
मनोमानी गरी यहाँ तिमीले ठुलो पाप गर्यौ !!
कति हेर्छौ जननीको तिमी यहाँ खुन रोएको !
अशान्तिलाई नखपेर बाँसुरीको धुन रोएको !!

बुद्ध शान्ति छर्न आऊ

  • by

अशान्ति छ जताततै बुद्ध शान्ति छर्न आऊ !
दुखेको यो नेपाललाई मलमपट्टी गर्न आऊ !!

किन होला आफ्नै बिच आफ्नोपन छैन यहाँ !
आफ्नैबिच रहेको यो बैरी भाव हर्न आऊ !!