Skip to content


मेरो जिन्दगीको कास तिमी त,
सधैभरि भ’की छौ खास तिमी त ।

म मात्र शरीर भित्रको कलपुर्जा,
यो जीवन चलाउने सास तिमी त ।

सफलता मेरो तिमी हौ आधार,
मेरो भविष्यको आश तिमी त ।

म जे छु आज त्यो तिम्रो निगाह,
मेरो गाँस बास कपास तिमी त ।

तिमी बिहान मुस्कुराउने घाम हौ,
अनि पाखेलीको मधुमास तिमी त ।

– सर्वाधिकार @ “पाखेली” नवराज
२२ जेठ २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *