Skip to content

हिजो आज किन मेरो मन उडेको चरी बनी

  • by


हिजो आज किन मेरो मन उडेको चरी बनी !
तप्प तप्प जिन्दगी यो बर्सेको छ झरी बनी !!

हिमाल जस्तो सेतो सुन्दर गुराँस जस्तो जोवन लाली
मलाई लिन आउदै छ कि मेरो हजुर यसपाली
नाचूँ नाचूँ भन्छ यो मन उर्लिएर आउँछ बदन
म त फूल बगैचाको ऊ नै हजुर मेरो माली !!

सपनीमा आइदिन्छ काउकुती लाइदिन्छ
बिपनीमा प्रीत बनी जताततै छाइदिन्छ
ऊ नै लाग्छ मेरो भोलि कहिले लिई आउला डोली
रानी चरी डिलमा बसी मायाको गीत गाइदिन्छ !!

नवराज पोखरेल “पाखेली”
हरैंचा-४,मोरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *