गाउँ एउटै ठाउँ एउटै तर्ने खोलि फरक फरक !
देश एउटै भेस एउटै बोल्ने बोली फरक फरक !!
आफन्त झैँ माया मोह संगालेर राखौ साथी !
भोलि हामी जानु पर्छ हाम्रो टोलि फरक फरक !!
तराई पहाड हिमाल मधेश नेपाली को घर साथी !
रीति रिवाज उस्तै उस्तै तर डोली फरक फरक !!
चन्द्र सूर्य झन्डा हाम्रो लालिगुरास पहिचान !
हामीले लाउने दौरा सुरुवाल अनि चोली फरक फरक !!
