Skip to content
NavarajPokharelPakheli


हिजो देखें आकाशमा जुनेलीमा जुन रोएको !
अशान्तिलाई नखपेर बाँसुरीको धुन रोएको !!

नेपाल आमा रुँदै भन्छिन, मलाई ठुलो घात गर्यौ !
मनोमानी गरी यहाँ तिमीले ठुलो पाप गर्यौ !!
कति हेर्छौ जननीको तिमी यहाँ खुन रोएको !
अशान्तिलाई नखपेर बाँसुरीको धुन रोएको !!

किन गर्छौ यस्तो कुरा देशलाई टुक्रा पार्छौ भनी !
आफनै दाजु भाईलाई लडाएर मार्छौ भनी !!
हिजो देखे आकाशमा जुनेलीमा जुन रोएको !
अशान्तिलाई नखपेर बाँसुरीको धुन रोएको !!

नवराज पोखरेल “पाखेली”
हरैंचा-४, मोरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *