अचेल मौसम पनि बेइमानी लाग्छ मलाई,
पढ्न खोज्छु दुनिया अज्ञानी लाग्छ मलाई ।
फुलमा सुगन्ध छैन अनि तारा चमक्दैनन्,
बसन्त र बाहार पनि नादानी लाग्छ मलाई ।
सबै चिज स्वार्थी लाग्छन प्रकृति र सरोबर,
मन्द मन्द हावा पनि सुनामी लाग्छ मलाई ।
बुद्ध थिए रे यो देशमा अनि सिता र भृकुटी,
सुन्दा आजभोलि सब कहानी लाग्छ मलाई ।
सब बकवास हुन् बोल्छन अनि बोली फेर्छन्,
नेता जति सबै यो देशका हरामी लाग्छ मलाई ।
– सर्वाधिकार @ नवराज पोखरेल “पाखेली”
२० जेठ २०७० (मैतीदेवी मन्दिर परिसर)
