Skip to content

ऊ मानक्रुत मानव

  • by


एउटा आकृति
कालो …सेतो दो छायाँमा …
मानव जस्तै लाग्ने
तर …फरक
ऊ मानव
तर अलि पृथक
कहिले रुन्छ
कहिले कराउँछ
कहिले आतिन्छ
आफ्नो परिचय खोज्दै
ऊ आहत छ
उसमा अलिकति आशा छैन
तर पनि ऊ आशावादी छ
ऊ आफ्नो अस्तित्व खोज्दै छ
आफ्नो भरिएको प्राणमा
लादिएको मस्तिष्कमा
ऊ निस्पाप छ ..पाप रहित
तर पनि ऊ बन्दी छ
बिना तारको जन्जीरमा …
ऊ मानवबाट सिर्जिएको मानव
भयानकताबाट निर्मित बस्तु
ऊ चल भएर पनि अचल छ
तरल भएर पनि ठोश छ
ऊ तेज भएर पनि निस्तेज छ
उसमा चेतना छ
तथापी ऊ अचेत मनको भाषा बोल्छ
ऊ रुप नभएको स्वोरूप
ऊ भाषा बिनाको बोली
ऊ किस्सा बिनाको कथा
ऊ करुण अनि बिस्मयावादी
ऊ मानक्रुत मानव
ऊमाथि लादिएको बैभव
लाग्छ आज पनि उसलाई
हिटलरले यहुदी बनाउदैछ
ऊ नीरिह …आफ्नोपनबीहिन
एउटा स्टाचु जस्तै
ऊ मानक्रुत मानव !!!

(“मानक्रुत” । यो शब्द नेपाली शब्दकोषमा नभए पनि क्रुर शासक हिटलरले यहुदीहरूलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको कपाल मुण्डन गरेर उटको कल्चौड़ो टाउकामा लगिदिएको र सो कल्चौड़ो छालामा टासिन गई सो मानवको पहिलेको स्मरण शक्ति गएपछि उसलाई आफू खुसी काम गर्न लगाउने काम हिटलरले गर्थ्यो जसलाई मानवबाट सिर्जित मानव पनि भन्ने गरिन्छ !)

Leave a Reply

Your email address will not be published. Required fields are marked *