Skip to content

हरामी लाग्छ मलाइ ।

अचेल मौसम पनि बेइमानी लाग्छ मलाइ,
पढ्न खोज्छु दुनिया अज्ञानी लाग्छ मलाइ ।

फुलमा सुगन्ध छैन अनि तारा चमक्दैनन्,
बसन्त र बाहार पनि नादानी लाग्छ मलाइ ।

सबै चिज स्वार्थी लाग्छन प्रकृति र सरोबर,
मन्द मन्द हावा पनि सुनामी लाग्छ मलाइ ।

बुद्ध थिए रे यो देशमा अनि सिता र भृकुटी,
सुन्दा आजभोली सब काहानी लाग्छ मलाइ ।

सब बकवास हुन् बोल्छन अनि बोलि फेर्छन् ,
नेता जति सबै यो देशका हरामी लाग्छ मलाइ ।

– सर्वाधिकार @ नवराज पोखरेल “पाखेली”
२० जेठ २०७० (मैतीदेवी मन्दिर परिसर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *