मुहार शौम्य चन्द्र झैं प्रत्यंग हाय ! कोमल
गुलाफ फुल्छ ओठमा सुरम्य आह ! कुन्तल !!
सुश्राब्य मृदु बोलकी धनी ! पृया ! निरञ्जना
नशालु नैन गर्दछन्, अथाह गोप्य मन्त्रणा ॥
॥१॥
बसन्त मञ्जरी सरी फुलारु बैंश कल्कल
अधीर भै दिनान्त कै छ चाह, आह ! पल्पल ।
सुधांसु माद घोल्दछन् गरेर बृष्टि जूनको
निशा झनै पिलाउँछिन् नशा मदीय शीतको !!
॥२॥
छ रात मस्त साथमा प्रिया र प्रेम अमृत
बहन्छ रक्त वेगले हृत्तन्त्री हुन्छ झंकृत ॥
कपोल लाल ! चुम्बन ! प्रिया ! विनोद बन्धन
मिसिन्छ सास सासमा ! समग्र बल्छ दन्दन ॥
॥३॥
म ता गरीब याचक तिमी मुहान प्रेमको
म ता अमूक भक्त हुँ तिमी प्रतीक प्रेमको
म ता अधीर भ्रमरो तिमी सुवाष प्रेमको
म मात्तिएँ, म लठ्ठिएँ पिएर सोम प्रेमको ॥
॥४॥
