Skip to content

कलेजोमा सम्झनाको छुरी धसिएछ


आज फेरि एकान्तमा आँखा रसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।

बिछोडको घाउ दुख्छ भन्ने थाहा थियो
पीडा हुन्छ मुटु पोल्छ भन्ने थाहा थियो
जानी जानी पिरतीमा यहाँ फसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।

सपना हो पुरा हुन्न भन्ने थाहा थियो
निर्मोहीले छाडी जान्छे भन्ने थाहा थियो
अँधेरीमा जुनको आसा गरी बसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।। 

आज फेरि एकान्तमा आँखा रसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।

रचनाकाल: २०१०-११-२०
साप्पोरो, जापान !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *