Skip to content

लक्ष्मीमा समर्पित कलमको क्रन्दन

  • by


नलेखौं लेखौं के भन न तिमी नै आज मइले
उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले
जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरु
सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥

हिजो लक्ष्मी हुरुदा जति पनि थिए आश किरण
कठै नासिरुदाछन् दिन दिन अहो मृत्यु वरण
समाजै टुकि्रयो सगर सब रातो हुन गयो
जता हेर्यो मृत्यु हरपल कहाली बनि गयो …२॥

सुगन्धी वायूमा विष सरि अहो गन्धक अनि
हिमाली पाखामा हरदम कठै बन्दुक पिन
घुमेका प्रहन्ता बिबिध ररुमा भेष बदली
सधैं सातो हर्छन् सकल जनका क्लान्त मन ती …।३॥

हिजो के थ्यो लक्ष्मी यस मुलुकमा विप्लव भन
अहो सारा संशार दिन दिन भयो क्रन्दित किन
हिमेन्द्रको कान्ती धुमिल जगमा आज किन भो
गुरुत्व बुद्धको पल पल कठै क्षीण किन भो ॥४॥

नबुझी गुझ्फ्यै यी युग युग बिते केही नगरी
सबै सत्ताधारी हर दम उही छद्म मति ली
लुछा चूरुडी गर्ने पल पल अहो शोषण अनि
तिनैले निम्त्याए अति समरको ताण्डव पनि ॥५॥

खरानी भो देशै सहन नसकी युद्ध बिभीषा
बिथोलियो शान्ति सकल जनको दारुण कथा ॥
गरुरु लक्ष्मी मैले कुन तवरले वर्णन अब
मसी यो रातो भै कलम बिचरा रुक्दछ जब ॥६॥

शिखरिणि छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *