Skip to content

सजना गुरुङ

मलाई माफ गर

मेरो प्रियतम !
तिम्रो पसिनामा
मेरो असीमित रहरहरू
हुर्काउने चाह कत्ति छैन,
तिम्रो बुइ चढेर
सुखको पलहरू बटुल्दै
आफ्नो अस्तित्व बिर्सिएर
जिन्दगीको कुनै भोग विलास गर्ने चाह छैन,

नयाँ बाटो

नडराऊ है मन
सन्ताप गर्दै पिडोलिनु पर्दैन
किनकि हरेक अन्त्यपछि
फेरि
नयाँ सुरुवात हुन्छ !

ठुलोभन्दा ठुलो दुर्घटनाले पनि
कसैको अस्तित्व कहाँ मेटाएको छ र ?
बरु नियालेर हेर न
दुर्घटनाहरूले मान्छेलाई अरु सचेत बनाउदै
अस्तित्वको खोजी गर्न प्रेरित गरेको छ !

सत्य कर्म गर्न पाए

सत्य कर्म गर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
श्रेष्ठ बनी मर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !

चेतनाको आँखा खोली अँध्यारो यो संसारमा
शिक्षा ज्योति छर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !

अभागीको तीज

चारैतिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरूलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज । रेडियो, टेलिविजनमा तीज । जताततै तीजको लहर छाएको छ ।

आज त म पनि साथीहरूसँग किनमेल गर्न जाने योजना बनाएकी थिएँ, उफ ! कसो बिर्सिएनछु । छिटो छिटो तयार भएर लागे साथीको घरतिर । साथीको घरको गेटसम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर । सबै भएर लाग्यौ महेन्द्रपुलतिर ।

मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई

  • by

मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई !
बीज रोप दया मायाको, झर्न नदेऊ प्रेमलाई !

जब मर्छ प्रेम दानव बनी कुकर्म गर्छ मान्छे
सम्हालेर राख, घृणाले, हर्न नदेऊ प्रेमलाई !

मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड

  • by

मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड तिमी !
लड्नेछौ है कुनै दिन खुट्टा तान्न छोड तिमी !

सधैँभरि झुठो कथा रच्दा आफैँ फसौला है
इर्ष्या गर्दै अरुमाथि जाल हान्न छोड तिमी !

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफैँ

  • by

सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफैँ !
दिन बनाइ रातलाई उठ्नु पर्छ आफैँ !

देश सिंगार्ने चाह भए स्वदेशकै तीरमा
परिश्रमको गिट्टीहरू कुट्नु पर्छ आफैँ !

मेरो देश

  • by

लेखक जति मंत्री बने सजाउँथ्यो कि मेरो देश !
बेलैमा लेखी संविधान बचाउँथ्यो कि मेरो देश !

कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण
आदर्श कार्य आफै गरी जगाउँथ्यो कि मेरो देश !

ए ! मन्, तँ मूर्ख नबन्

  • by

तेरो पवित्र प्रेमसँग खेलवाड् गरी
तेरो आशा र विश्वासलाई निमोठेर
तँलाई मुर्दा बनाई पीडाको चितामा होमी जानेको निम्ति
कहिलेसम्म ?
उसको भ्रमात्मक प्रेमको घुम्टो ओढी उसलाई सम्झेर रुन्छस् ?

हामीबीच नयाँ नाता जोड्नेछ मायाले

हामीबीच नयाँ नाता जोड्नेछ मायाले !
तिम्रो मेरो बैरी भाव गोड्नेछ मायाले !

मिलिजुली बस्यौ भने एउटै आँगन
रिसरागको सारा बार तोड्नेछ मायाले !

सारा युरो , डलर मै छाप्ने गर्छु !

एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ

मन पराई अर्कैकी स्वास्नीतिर

मन पराई अर्कैकी स्वास्नीतिर दिन रात धाउँछौ !
आफ्नै स्वास्नी अर्कैले लगिदिँदा बल्ल थाहा पाउँछौ !

खुशी छौ रावण जस्तै अर्काकी स्वास्नी हरण गरी
तिम्रै लंका भष्म हुन्छ फेरि सोच केले घर छाउँछौ !

प्रेमबाट जन्मन्छ सबथोक !

प्रतिकूल परिस्थितिमा
हिम्मत सहास र वीरता,
हारहरूमा प्रेरणा र आशा,
मान्छेको मनमा मान्छेकै निम्ति आत्मीयता,
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !

SajanaGurung

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु

  • by

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु !
पीडा बनी दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !

तिमीमाथि विश्वास गर्दा बर्बाद भएँ यस्तरी
कलंकित छ बस्ने बस्ती मेरो त्यो ठाउँ नसोध्नु !