जीवनमा मन
कठोर मनमा कोमलता,
सम्झाई अनि बुझाईमा सकारात्मकता,
विश्वासमा निष्कपट अनि निश्चलता,
प्रतिकूल परिस्थितिमा
हिम्मत सहास र वीरता,
हारहरूमा प्रेरणा र आशा,
मान्छेको मनमा मान्छेकै निम्ति आत्मीयता,
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !
###
सारा सारा गल्तीहरूलाई
क्षमा दिने मन,
टुटिसकेको सम्बन्धलाई
जोड्न खोज्ने मन,
फाटेका साइनो अनि नाताहरू
सिउन चाहने मन,
घमण्डलाई त्यागेर विनम्रतामा
झुक्न खोज्ने मन,
आफै जली जगतमा
रोशनी ल्याउन खोज्ने मन,
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !
###
मबाट हामी,
एकलबाट दाम्पत्य,
परिवार देखी समाज,
राष्ट्र अनि विश्वमा,
हत्या हिंसा, द्वन्दहरू मेटी
खुशी अनि शान्तिमय वातावरण ल्याउन,
झैझगडा को अन्त्य गरी मेलमिलाप गर्न,
मनमनमा सहिष्णुता र सम्झौताको बीज छर्न,
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !
###
धर्मभक्त, शुक्रराज, दशरथ, गंगालाल
देशको प्रेममा हाँसीहाँसी शहीद बने,
प्रेम कै कारण देवकोटा र गान्धी
महान अनि देवता समान बने,
प्रेमद्वारा नै सफल बनिन
संसारकी आमा बन्न मदर टेरेसा पनि,
दयाको अविनाशी मुहान,
सहयोग अनि सहानुभूतिको सगरमाथा,
मातृत्व र आफ्नोपनको महासागर
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !
###
सजना गुरुङ

imtho lagyo kawitaa
ho prembata nai thul thula asambhab haru pura bhaekaa chhan mitho bhawana kawayitri jyu
ramro cha. subhakamana.
ramro cha. subhakamana.