सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफैँ !
दिन बनाइ रातलाई उठ्नु पर्छ आफैँ !
देश सिंगार्ने चाह भए स्वदेशकै तीरमा
परिश्रमको गिट्टीहरू कुट्नु पर्छ आफैँ !
अल्छी भएमा रवि छँदै हुन्छ मध्य निशा
सारा फाइदा रोशनीको लुट्नु पर्छ आफैँ !
सत्य प्रेममा प्रियतमको इच्छा पुरा गर्न
गगनको त्यो तारा जस्तै टुट्नु पर्छ आफैँ !
जोडी साइनो भर पर्दा घात गरेपछि
साथ त्याग्दै आफन्तको छुट्नु पर्छ आफैँ !
