Skip to content

जिन्दगीका सबै हारहरूमा अघि बढ

  • by


जिन्दगीका सबै हारहरूमा अघि बढ !
निडर बन्दै हर बारहरूमा अघि बढ !

दुखको भयानक पहिरो नै आए पनि
विरंगना! नियतिको मारहरूमा अघि बढ !

नेपालकी सहासी छोरी हौ तिमीहामी
तरबारका टेक्दै धारहरूमा अघि बढ !

धैर्यता र सहनशीलताकी हामी हौ रानी
परिस्थितिको हर भारहरूमा अघि बढ !

जिन्दगीका सबै हारहरूमा अघि बढ !
निडर बन्दै हर बारहरूमा अघि बढ !

सजना गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *