एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म
यहा सारा युरो, डलर मै छाप्ने गर्छु !
पाँच हजारको होइन भाइ ! दश हजारको जुत्ता लाउनु,
आइ फोन मात्र किन किन्छौ छोरा ! ल्यापटप पनि किन्नु,
बाइकको के माग गर्छौ स्वामी ज्यु ! पजेरो नै किन्नु,
मलाइ यहा कत्ति दुख छैन, रातमा जागा बस्नु पनि पर्दैन,
पलपल गन्दै कहिले महिना बित्छ भन्नु पनि पर्दैन,
किनकि बिदेशमा छु म
यहा सारा युरो, डलर मै छाप्ने गर्छु !
आठ हजारको कुर्ता मात्र होइन बहिनी ! बिस हजारको सारी पनि किन्नु,
स्कुटर के चढ़छौ छोरी ! एउटा कार नै आफ्नो नाममा लिनु,
यति उति, यस्तो उस्तो भनि कति किचकिच गर्छौ मेरी प्यारी श्रीमती !
साडी र कुर्ताको, कस्मेटिक र गहना पसल नै पुरै किनी हाल्नु,
मैले आफ्नो देश र घर फर्किनु पर्दैन,
मेरो उमेर र समयले कहिल्यै मेरो साथ छोडदैन
त्यसैले मेरो पीरै लिनु पर्दैन
किनकि बिदेशमा छु म
यहा सारा युरो, डलर मै छाप्ने गर्छु !

एकदमै राम्रो
शब्द छैनन् म सँग कुन शब्दले प्रशंसा गरौं
मन मुटुको अन्तर कुन्तर छुने
मन मुटुको अन्तर कुन्तर छुने कविता….एस्ता कविता धेरै थोरै मात्र पढ्न पाइन्छ….तपाईका कविताका प्रत्यक शब्द शब्द मा दम छ !! एसै कबिताको अधर्म तपाइको लेखनको आंकलन गर्न सकिन्छ ….अझै प्रगतिको कामना गर्दछु ….म कविता गजल पढेर खासै कमेन्ट गर्दिन तर यहाँ नगरी बस्न सकिन …wish u all the best sajana g !! may god bless u !!
बडो रोचक
बडो रोचक कविता औधी मन पराए । यो त सबैको साझा रोग नै रहेछ मनमनै चित्त पनि बुझाए । (मुसाफिर काकाकै शब्दमा ) कमाएरै ल्याउ भन्ने श्रीमती,छोराले हेरेन भन्नु बाउ,र बाबुले माया गर्दैन भन्ने छोरा मलाई पनि मन नपर्ने कुरा हुन । मीठो कविताको लागि धन्यवाद गुरुङ जी ।
i have no comment …..man
i have no comment …..man chhoyo
Waa waaa waaaa
Waa waaa waaaa