मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई !
बीज रोप दया मायाको, झर्न नदेऊ प्रेमलाई !
जब मर्छ प्रेम दानव बनी कुकर्म गर्छ मान्छे
सम्हालेर राख, घृणाले, हर्न नदेऊ प्रेमलाई !
प्रेम बाटै मेलमिलाप, सुरु सुकार्य जगतमा
लोभ, छल कपटभित्र, पर्न नदेऊ प्रेमलाई !
परिवार, देश, समाज, तिमी सहारा हौ सबको
पाप गर्दै खोली धनको, तर्न नदेऊ प्रेमलाई !
मार बरु क्रोध अहम्ता, मर्न नदेऊ प्रेमलाई !
बीज रोप दया मायाको, झर्न नदेऊ प्रेमलाई !
सजना गुरुङ