Skip to content

जिन्दगीमा सुकर्म गरी जाउँ

  • by


जिन्दगीमा सुकर्म गरी जाउँ !
चेतनाको रोशनी छरी जाउँ !

गरीबको निराश झोपडीमा
आशाहरू खुशीको भरी जाउँ !

विरंगना बनेर बिपत्तिमा
नारी तिम्रो मनमा सरी जाउँ !

दुख पीडा सबैको सधैँलाई
मर्दा खेरि मसँगै हरी जाउँ !

जिन्दगीमा सुकर्म गरी जाउँ !
चेतनाको रोशनी छरी जाउँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *