दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।
‘हैलो…. हो˜ म.. विनोद ए˜˜ ।
फोनमा परिचित महिलाको स्वर सुन्नेबित्तिकै म रोमाञ्चित र उद्वेलित हुन पुग्दछु । साहित्यकार सरिताको स्वर – उनी भर्खर उदाउँदै गरेकी भविष्यको राम्रो नारी साहित्यकार हुन् । उनीसँग साक्षात्कार हुँदा वा फोनमा स्वर सुन्दा मात्रै पनि मेरो मेसिनजस्तो शरीरमा प्राण भरिएर आउँछ । म उनीसँग अतीतमा पुग्छु । उनीसँग साक्षात्कार भएको समयमा म आफूलाई सबै बन्धनबाट मुक्त भएर अर्कै संसारमा छु जस्तो लाग्दछ । अनि सधै यथार्थबाट टाढा रहुँ जस्तो लाग्छ । तर यो सम्भव छैन ।
फोनमा कुरा लम्बिन्छ ।
“ए˜ भेट्ने.. कहाँ – मैले हो˜˜ हुन्छ नि… ।”
फोनमा नचाहँदानचाहँदै मैले कुरा टुङ्ग्याउनु पर्ने हुन्छ । उनले फोनमा भनेकी थिइन् । मैले उनको सिर्जनशील मस्तिष्कमा सिर्जनाका बीउ छरिदिएँ अरे । म अचम्ममा परेँ । यो कसरी सम्भव भयो होला , बितेको हप्ता मेरो उनीसँग भेट्ने योजना त थियो तर भेट हुन सकेको थिएन । भेटै नहुँदा कसरी मैले उनको मस्तिष्कमा सिर्जनाको बीउ र्छन पुगेँ । कल्पना गर्दागर्दै भोलिको एघार बजेको प्रतीक्षामा आफूलाई निन्द्रादेवीको शरणमा पुयाउँछु ।
ठीक ठाउँ अनि ठीक समयमा हाम्रो भेट हुन्छ ।
“कतै बसेर गफ गरौँ न ।”
” हुन्छ जाऔँ न ” भन्दै नजिकको केविनवाला रेस्टुरेन्टमा हामी पस्यौँ ।
परिचित ठाउँमा एउटा महिलासँग रेस्टुरेन्टमा पस्दा मलाई केही असजिलो अवश्य महसुस भयो । किनभने यसरी रेस्टुरेन्टमा पस्ने समय त मेरो छोराको थियो । तर मैले ती सबै कुरा उनको उपस्थितिमा बिर्सिदिए ।
“के खाऊ, तातो कि चिसो -” उनले मेरो असहजतामा स्वभाविक व्यवहारले शब्दको प्रहार गरिन् । चिसो सिरोटोले बिदा माग्न गाह्रो मानिरहेको समयमा चिसो हैन , तातो खाने सल्लाह भयो ।
“तपाईँलाई भेट्न मैले पहिलो हप्तादेखि नै कोसिस गरिरहेकी थिए“ , विनोद सर । तर भेट भएन, एउटा कुरोचाहिँ पक्कै भयो ।”
“के कुरा सरिताजी – तपाईँले हिजो फोनमा पनि भन्दै हुनुहुन्थ्यो नि, म त सुन्नलाई एकदम उत्सुक भइरहेछु । ”
“कुरा खास केही होइन, साधारण हो विनोद सर, तर यसभित्र हाम्रो समाज यहाँको नारीहरूको मानसिकता अनि सिङ्गो देशको संस्कृतिको कुरा आउँछ । ”
उनी भन्दै गइन्- “थाहा छ विनोद सर , अस्ति तपाईँलाई फोन गर्दा भाउजूले मप्रति कस्तो व्यवहार गर्नुभयो । तपाईँले भोलिपल्ट भेट्ने सम्भावना छ भन्नुहुँदा म विराटनगर आएँ अनि फोनमा भाउजूलाई मसँग भेट्ने कुरा थियो, भन्दा त्यससमय तपाइहरू दुईजना बाहिर जाने कार्यक्रम रहेछ । तपाई“प्रति वहाँको अविश्वास मौलाएर हो वा के भएर हो – वहाँले मलाई अत्यन्त शङ्कालु व्यवहार गर्नु भयो….. तर म रिसाइन, विनोद सर … किनभने हाम्रो देशको अधिकांश महिलाहरूको प्रतिनिधित्व भाउजूले गर्दै हुनुहुन्थ्यो । यस्ता महिलाहरूप्रति मलाई रिस हैन दया र सहनुभूति जागेर आउँछ । ”
“ओहो ! यो ठीक भएन सरिताजी.., तपाईँ हाम्रोबीचको यति राम्रो मित्रतालाई दोषाउनु पाप हो । म त्यसको लागि तपाईँसँग माफी माग्छु ।”
“हैन विनोद सर, यो स्वाभाविक हो अनि यथार्थ पनि । यसमा तपाईँजस्तो वरिष्ठ साहित्यिक व्यक्तित्वले मजस्तो एउटा कनिष्ठ व्यक्तित्वसँग माफी माग्नुचाहिँ पाप हो । किनभने यो एउटी नारीले अर्को नारीप्रति गरिएको व्यवहार हो । यो हामीले नै सचेत भएर सुल्झाउनु पर्दछ । हुनसक्छ मैले पनि कुनै नारीलाई आफ्नो श्रीमान्लाई सोध्दा नजानेर यस्तो व्यवहार गरिएको हुनसक्छ ।”
“तर पनि हुँदैन सरिताजी˜ , तपाईँजस्तो एउटा पारिवारिक जिम्मेवारी बोकेकी , अफिसियल दायित्व बोकेकी , साहित्यिक फाँटमा चम्किलो ताराझैँ उदाउँदै गर्नुभएकी नारीमाथि विसगतिग्रस्त भएको नारीले अपराध चिताउनु पनि पाप हो ।
“होइन विनोद सर, तपाईँ यसलाई अन्यथा नलिनुहोला । यस्ता कुरालाई एउटा नारी साहित्यकारले सजिलै पचाइदिनु पर्दछ । यदि पचाउने शक्ति उसमा छैन भने साहित्यिक खुराकलाई परिमार्जन गर्ने शक्ति नै उसमा हुँदैन । हामी साहित्यिक मान्छे यस्तै कुराले संवेदनशील हुन्छौ । अनि भावानालाई शब्दस“ग साइनो गाँस्दै सिर्जना फुराउँछौ । अब हामी यसै कुरामा केन्द्रित नबनौँ । बरु अन्य व्यक्तिगत कुरा गरौँ न ।”
म सरिताजी र मेरो श्रीमतीबीच तुलना गर्न पुग्दछु । मेरी श्रीमती घरधन्दामा सीमित, लोग्नेको कमाइमा खटाइखटाइ घर्रखर्च गर्नुपर्ने अनि घरको चार पर्खाललाई नै संसार मानेर रमाउनु पर्ने मानसिकताले थिचिएकी नारी । अनि कहाँ सरिताजी आफनो जागिरले अर्थिक सम्पन्नता भएकी, आधुनिक नारीको प्रतिनिधित्व गर्दै जीवनको सत्य र खुशी खोज्दै हिँड्ने नारी ।”
“विनोद सर कहाँ हराउनुभयो तपाईँ… -” उनले मेरो कल्पनाको तन्द्रा चुडाइदिइन् । मैले कुरो बङग्याउदै भने- “हैन सरिताजी तपार्इँ र तपाईँको श्रीमान्मा यस्ता कुराले असर पार्छ कि पार्दैन । जस्तो कि तपाईँ मलाई भेट्न एक्लै आउनुहुन्छ अनि तपाईँको श्रीमान पनि अफिसियल कामले कति महिलासँग बाहिरिनुहुन्छ होला ।
“हो विनोद सर , हामी यस्तै गफ गरौ न ।”
उनी भावुक हुँदै भन्न थलिन्- “हेर्नोस्, न म यसरी कति एक्लै हि“ड्छु कहिले कहाँ – कहिले साहित्यिक कार्यक्रममा एक्लै हिँड्छु । तर हामीबीच दुइ आत्मालाई जोड्ने विश्वासको एउटा दह्रो झोलुङ्गे पुल छ । जुन पुल छोराछोरीको माया, पारिवारिक दायित्व अनि सामाजिक प्रतिष्ठाले बनेको छ । त्यो पुल चुडिने सम्भावाना नै छैन । हुनसक्छ कहिलेकाहीँ हल्लिन्छ अनि त्यो हल्लिने स्थिति बढी भयो भने चुडिन पनि सक्छ त्यसैले त्यसकोलागि हामीले आफूलाई स्थिर पार्नुपर्दछ । कहिलेकाहीँ मैले खोजेको कुरा उसमा भेट्दिन अनि उसले खोजेको कुरा ममा पाउदैन । हामी त्यसको विकल्प खोज्न थाल्दछौँ । हाम्रो विवाह भएको एकदुर्इ वर्षगर्दै केहीवर्षबितिसक्यो । सुरुमा जस्तो रोमाञ्चकता अनि त्यो अनुभूति हामीमा नहोला किनभने सधैसँगै बस्दा कतिकुरा हराउन पुग्दछ अनि कतिकुरा जन्मन थाल्दछ । हामी त्यो उदासिनता र निराशाबाट बच्न चाहन्छौँ । तर त्यसको मतलब परपुरुषगमन र परस्त्रीगमन होइन । त्यो म पटक्कै मान्दिनँ । जीवनलाई नयाँ उर्जा दिने अनि सिर्जनशील क्षमता बढाउन म तपाईँसँग आएर केही क्षण आफ्नो मस्तिष्कमा उर्जा थप्ने काम गर्छु किनभने म भावुक र संवेदनशील नारी पनि हु । त्यसरी नै ऊ पनि सम्भवत आफूलाई स्फूर्त राख्न र उर्जा थप्ने काम यसरी नै गर्छ होला । हामीले हाम्रो दुइको व्यक्तिगत स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गर्दैनौँ यदि त्यो सामाजिक मान्यता भन्दा बाहिर छैन भने । हामी आधुनिकतामा रमाउन चाहन्छौ तर पूर्वीय सभ्यतालाई भुलेर हैन ।”
म सरिताजीको गफमा लटि्ठन्छु । एउटा सपेराको अगाडि र्सप लटि्ठएझैँ । सायद मेरो वैवाहिक जीवन पनि यस्तै भैदिएको भए एउटा विदत्व नारीको अगाडि मैले श्रीमतीको कारण लज्जित हुनुपर्ने थिएन । अनि उनले गरेको श्रीमान् र श्रीमती बीचको समझदारीको कुरा हाम्रोलागि आकाशको फलजस्तै थियो । तर पनि पुरुषप्रधान समाजमा जन्मेको मैले आफनो पुरुषत्वको उपभोग र व्यक्तिगत स्वतन्त्रताको फाइदा मनग्गै उठाएको छु ।
उनले फेरि मलाई आर्कषित पार्दै भनिन्- “विनोद सर साहित्यकारले जतिसुकै कठोर सिर्जना गरे पनि उसको हृदय शिशा जस्तै नरम हुँदो रहेछ हगि –
म आफनो तन्द्रा टुटाउँदै ‘हो’ भन्न पुग्दछु । तपाईँसँग बसेर यस्तै गफ गर्न अनि आफनो विश्वासमा ठेस पुगेको कुरा गर्दा मलाई असाध्यै आनन्द आउँछ । किनभने एउटा साहित्यकारको हृदय बुझ्ने व्यक्ति पनि साहित्यकार नै हुनुपर्दछ । जस्तो लाग्छ किन हो मलाई साहित्यिक रुचि नभएको व्यक्तिमा संवेदना हुँदैन , हृदय नै हुँदैन अनि आत्मा नै हुँदैन जस्तो लाग्छ , विनोद सर ।”
“तपाइँले भन्नुभएको यो कुरा अलिक ठीक लागेन सरिताजी मलाई । किनभने सबै व्यक्तिमा साहित्यिक रुचि हुन्छ नै भन्न सकिदैन तर त्यो नहुँदैमा उसमा कुनै कुरा हुँदैन भन्ने होइन । व्यक्तिको आआफ्नो जीवनलाई हेर्ने दृष्टिकोण हुन्छ अनि बाँच्ने शैली पनि । यसैमा ऊ रमाउँछ । यस्ता कुराको चिन्तन तपाई“ बिस्तारै गर्दै जानुहुनेछ । तपाई“को परिपक्वतासँगै यी कुरा माझिदै जानेछ सरिताजी । अहिले तपाईँले भन्नुभएको जीवनप्रतिको तपाईँको जुन दर्शन छ नि त्योचाहिँ मलाई खूब मन पर्यो तर तपाईँले भन्नु भएजर्स्तै र सोच्नु भएजस्तै सबैको जिन्दगी हुँदैन । त्यसैले जीवनको भोगाई पनि सबैको आ-आफ्नै खाले हुन सक्छ, सरिताजी ।
“विनोद सर, हो यस्तै साहित्यिक ज्ञान बढाउन म तपाईँलाई दुःख दिइरहन्छु । अन्यथा नलिनु होला । अनि तपाईँको हौसला , प्रेरणाले मलाई थप उर्जा पैदा गर्छ । नत्रभने म शिथिल हुन पनि सक्छु ।”
मैले पनि आफूले उनलाई भेट्दा बेग्लै अनुभूति आउँने कुरालाई आधा पचाएर आधा मात्र ओकले- “हो सरिताजी तपाई“सँग भेट्दा मलाई पनि मेरो साहित्यिक फाँटमा केही मलजल पुगेको अनुभूति हुन्छ ।”
“विनोद सर , हामी धेरै बेर गफ्यौ । अब मेरो हिँड्ने समय भइसक्यो । कुनै विदाको समय मिलाएर फेरि भेटौला हुन्न र -”
मैले मुख अमिलो पार्दै उनलाई बिदा गर्ने कुरामा सहमति जनाएँ । तर घरमा फर्केपछि एक तमासको भए कुनै खोलाले बगाएर किनारामा फ्याकेको डुङ्गाजस्तो सरिताका हरेक कुराहरू कानमा एकनास रिङ्रिगाइ रहे । मलाई कुनै सपनाबाट ब्युँझिए जस्तो लाग्यो । भित्र कताकता आफैँलाई सोध्न मन लाग्यो ‘के त“ सरितालाई प्रेम गर्न लागिस् – यो उमेरमा तँलाई सुहाउँछ । म अनासय कराएँ सरिता मलाई माफ गर….. ।’

FORGET SARITA AND SEEYOUR
FORGET SARITA AND SEEYOUR OWN GHAR BAR
LEKHA KATHMANDU
sHARMILA JI katha khub ramro
sHARMILA JI katha khub ramro mitho lagyo..
lekhdai garnuhola
शर्मिला जी, तपाईंको कथाले
शर्मिला जी, तपाईंको कथाले कतिको त वास्तविकता झल्काउछ । लेख्दै गर्नुहोला