सन्दिप घिमिरे
माधवी
सुगन्ध चमेली,चन्चल परेली
सुन्दर चुलबुल ,मग्न तरेली
गौण अनेक जीवन मानवी
माधव माधुर्य पार्यौ माधवी
सेतै फुल्ने तिमी लतामा
वासन्ती तिम्रै प्रतिमा हातमा
विजन लोकमा बनेर मायावी
मानचित्र बोधो पार्यौ माधवी
धुमिकामा परि रश्मी रुँदामा
प्रतिमान सरी थुंगा हास्दामा
परैबाट टोलाई बनेर परिधी
जम्बुमान् फोडेरै फुल्यौ माधवी
शीतल एकै साथ रुखैमा
पात प्रातमा लियौ काखमा
नाच्दै हास्दै बनेर मायावी
कोमल मुटुमा खेल्यौ माधवी
माधव माधुर्य पार्यौ माधवी !!!!!
<सन्दिप "विक्लान्त">
रसु झरना
मलाई आज आचानक एउटा सोचले झस्कायो । सायद आजसम्म मैले त्यस दृष्टिकोणले हेरेको थिईन आफूलाई । सायद हुन सक्छ हेर्नुपर्ने दिननै आएको थिएन ।
म आफ्नो खाटमा घोप्टो परेर पल्टिरहेको थिए । चारैतिर सुन्यता थियो भनेर म मिथ्या कुरा गर्न चाहन्न । हल्ला उत्तिकै तेज थियो । त्यो हल्ला भन्दा पनि तेज एउटा आवाज मेरो कानमा गुन्जिरहेको थियो ।
