Skip to content

आज विक्लान्त पिउँदैछ


आज विक्लान्त डुबेर
जिन र हुस्कीमा डुबेर
घुटुक्क आशा पिउँदैछ
सुटुक्क देश पिउँदैछ

टुक्रिएका टुक्रामाथि
राखी आफैलाई थाती
विक्लान्त आज मान पिउँदैछ
लुकेर हेर संबिधान पिउँदैछ

उजाड हे पाखा रोई-कराई गर्लान्
कोशी काली लडी बगर छर्लान्
यही दोष विक्लान्त डुबेर पिउँदैछ
हेर आज देश रोएर जिउँदैछ

हेर विक्लान्त ६०१ घुटुक्क पिउँदैछ
तिम्रा रगत साथमा काटेर सिउँदैछ
त्यहीभित्र आगोमा पोलिई मर्दैछन्
हेर आँसु देश पखेरी फोड्दैछन्

अलपत्र आँखा आन्योलमा डुब्दामा
देखी सपना मुटुकै आशंकामा झर्दामा
ठोकी ठोकी खप्पर खुद सब रुदैछन्
कुना कुना ढाकी सारा विक्लान्त पिउँदैछन्
हेर हेर सब सारा विक्लान्त पिउँदैछन् !!!

<सन्दिप "विक्लान्त">

Leave a Reply

Your email address will not be published. Required fields are marked *