Skip to content


कालो रातमा बेली फुलेन
सुगन्द छर्न चमेली फुलेन
बादल लग्यो आकाश खुलेन
गैरी खेतमा धान झुलेन

हिजो राति बाँध फुट्यो रे
खोलो आज बग्दै बगेन
वनको उल्लु शहर पस्यो रे
रातको सन्नाटा अझ घटेन

स्यालले चल्ला चोर्न छाड्यो रे
चल्लाको गिन्ती अझ बढेन
भुसिया कुकुर भुक्न छाड्यो रे
रातमा स्याल डुल्न छाडेन

दुखीको छोरो हिजै ढल्यो रे
आँखाबाट आँसु झरेन
साहसी काइलो मुग्लान पस्यो रे
महपाटो दङ्ग परेन

कान्छीले राति छोरो पाई रे
बाउ को हो पत्तै लागेन
माइलीले राति इज्जत फाली रे
कस्लाई कसी थाहै भएन

त्यसैले
हो
त्यसैले
त्यो कालो रातमा बेली फुलेन
सुगन्द छर्न चमेली फुलेन
बादल लग्यो आकाश खुलेन
गैरी खेतमा धान झुलेन ।

सृजना: सन्दिप “विक्लान्त”

4 thoughts on “त्यो रात”

Leave a Reply

Your email address will not be published. Required fields are marked *