Skip to content

जन जब ढल्छ लासमा


आँसु पिई रोएका लालाबालामा
निस्सारता हावी अन्योल घडीमा
च्वास्स मुटु दुखी बग्छ त्रासमा
जन वायु छोडी जब ढल्छ लासमा

भाषा वियोगको चित्कार्छ पाखापखेरा
रुन्छ नदी भावका आँसु डुब्छन् टाकुरा
निभ्छ ज्योति कालरात्री छोडी पासमा
जन मुडो बनी जब ढल्छ लासमा

राप शिखा बनी चन्दन अछेता
निष्कृय बुङ्गो झैँ हुन्छ क्षमता
निर्लज्ज चन्द्र हेरेर आकाशमा
जन ट्वाल्ल परी जब ढल्छ लासमा

संसारिक ईश्वरत्व पोलिन्छ घाट घाटमा
रेटिन्छ चैतन्यको छुरा घातै घातमा
छोपिन्छ ममता कात्रोमा बाधिन्छ बाँसमा
जन भौतिकता छोडी जब ढल्छ लासमा !!!

सन्दिप < विक्लान्त >
रचेको मिति : २०६९ साल ,श्रावण २३ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *