आँसु पिई रोएका लालाबालामा
निस्सारता हावी अन्योल घडीमा
च्वास्स मुटु दुखी बग्छ त्रासमा
जन वायु छोडी जब ढल्छ लासमा
भाषा वियोगको चित्कार्छ पाखापखेरा
रुन्छ नदी भावका आँसु डुब्छन् टाकुरा
निभ्छ ज्योति कालरात्री छोडी पासमा
जन मुडो बनी जब ढल्छ लासमा
राप शिखा बनी चन्दन अछेता
निष्कृय बुङ्गो झैँ हुन्छ क्षमता
निर्लज्ज चन्द्र हेरेर आकाशमा
जन ट्वाल्ल परी जब ढल्छ लासमा
संसारिक ईश्वरत्व पोलिन्छ घाट घाटमा
रेटिन्छ चैतन्यको छुरा घातै घातमा
छोपिन्छ ममता कात्रोमा बाधिन्छ बाँसमा
जन भौतिकता छोडी जब ढल्छ लासमा !!!
सन्दिप < विक्लान्त >
रचेको मिति : २०६९ साल ,श्रावण २३ गते
