सुगन्ध चमेली,चन्चल परेली
सुन्दर चुलबुल ,मग्न तरेली
गौण अनेक जीवन मानवी
माधव माधुर्य पार्यौ माधवी
सेतै फुल्ने तिमी लतामा
वासन्ती तिम्रै प्रतिमा हातमा
विजन लोकमा बनेर मायावी
मानचित्र बोधो पार्यौ माधवी
धुमिकामा परि रश्मी रुँदामा
प्रतिमान सरी थुंगा हास्दामा
परैबाट टोलाई बनेर परिधी
जम्बुमान् फोडेरै फुल्यौ माधवी
शीतल एकै साथ रुखैमा
पात प्रातमा लियौ काखमा
नाच्दै हास्दै बनेर मायावी
कोमल मुटुमा खेल्यौ माधवी
माधव माधुर्य पार्यौ माधवी !!!!!
<सन्दिप "विक्लान्त">
