साह्रै गाह्रो हुने रै’छ, पिरतीको खेल
तर्नै गाह्रो हुने रै’छ, पिरतीको भेल।।१।।
हुन्न ढुङ्गा गिटी, भेलमा प्रितीको
साह्रै साह्रो हुने रै’छ, पिरतीको झेल।।२।।
कहिले यता कहिले, उता तटमा गर्दै
नाग्नै गाह्रो हुने रै’छ, पिरतीको भेल।।३।।
सरिताले बगाउदै, लान्छिन् परपर
कति गाह्रो हुने रै’छ, पिरतीको भेल।।४।।
