Skip to content

ढलपल रैछ बैंस कस्तो पोखाएर नहिडे है


ढलपल रैछ बैंस कस्तो पोखाएर नहिडे है
चलपल रैछ बजारमा जोखाएर नहिडे है।।१।।

दुनियाको गिद्दे दृष्टि तिमी माथि पर्दा खेरि,
कलछल गर्लान् नजर कतै ठोकाएर नहिडे है।।२।।

धैर्य गर्दै मन पनि सधै बसमा राखे सानु ,
धन दौलत ठुलो भन्दै पाठ घोकाएर नहिडे है।।४।।

सुन्छु आज चारैतिर बैंसको मात लाछ अरे ,
करकर गर्दै तिमी बटुवालाई बोकाएर नहिडे है।।३।।

डुल्ने नै भो फुलबारीमा भमरा त यसै पनि,
पलपल अतृप्त छन् भुस्याहरू टोकाएर नहिडे है।।५।।

1 thought on “ढलपल रैछ बैंस कस्तो पोखाएर नहिडे है”

Leave a Reply

Your email address will not be published. Required fields are marked *