फूलै फूल दिन्छु भनी, भन्नु व्यर्थ रै’छ
सँगै साथ हिँड्छु भनी, भन्नु व्यर्थ रै’छ।।१।।
काँडै काँडामा उनिए म, नछुटिने गरी प्रिय
नयाँ संसार दिन्छु भनी, भन्नु व्यर्थ रै’छ।।२।।
जिस्क्याउने त दुनियाँ छन्, घुम्छन् वरिपरि
हाँसी बाँच्न दिन्छु भनी, भन्नु व्यर्थ रै’छ।।३।।
दुई मुठी आफ्नै सास अल्झाको छु मरीमरी
सुख सयल दिन्छु भनी, भन्नु व्यर्थ रै’छ।।४।।
