छाई बस्यौ मेरा अघिल्तिर त्यसैले म मख्ख परे
आई बस्यौ मेरा अघिल्तिर त्यसैले म छक्क परे।।१।।
पुतलीझै चुलबुल चुलबुल गर्दै घुम्दै मेरो वरपर
धाई बस्यौ मेरा अघिल्तिर त्यसैले म छक्क परे।।२।।
रुपै तिम्रो लोभलाग्दो सुन्दर चाँदसरी पूर्णिमाको
गाई बस्यौ मेरा अघिल्तिर त्यसैले म छक्क परे।।३।।
कुरा के छ भनी हाल मनमा केही पनि राख्नु हुन्न
खोली बस्यौ मेरा अघिल्तिर त्यसैले म छक्क परे।।४।।

ए होर धेरै राम्रो
ए होर धेरै राम्रो