Skip to content

बाल्नु एउटा दीप सबले,अध्यारो त्यो कुनामा
छरोस् नौला ज्योति त्यसले,आफु जल्दै त्यहाँ
छर्छ ताप ज्योति त्यो भानुले,आफु जलेरै पनि
गरौं सेवा जगतमा,मानवको,आफु मरेरै पनि।।१।।
आयौ के लिएर सबले,खालि थिए हाम्रा हातहरु
जान्छौ सब शुन्य हातले , संसारमै छाडी अरु
जानै पर्छ सब जनले,प्राकृतिक लीला त्यो त
बाँचिन्छ हृदयमा जनको,गरे असल कामकाज।।२।।
एक मुठी बचाई अहिले यहाँ सेवा अरुको गरौं
जो छन् जन भोका यहाँ तिन्को पेट सबले भरौं
शोषण अन्याय अनि दासत्वको जरै उखलीकन
लागौं सब सभ्य समाजको, गर्न हामी निर्माण।।३।।
देवीदेवता भनेको यही मनै हो,मनै राक्षस पनि
सोचि विचारी काम गरौं साथी,सबले हर घडी
ज्यूँदो कहलिन्छ जन जहाँ, बाँच्नुको सार छ
जिँउदो लाससरी भएर काहाँ, बाँच्नुको अर्थ छ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *