किशन थापा 'अधीर'
निस्तेज आँखा
अन्ततः दस वर्षसम्म चलेको भयङ्कर सशस्त्र आँधीहुरी र वर्षात थामिए । मान्छेहरूले पहिलाभन्दा होलो अनुभूत गर्न थाले । त्यसैले जल, गाउँ, सहरमा आवतजावत सरल देखिन थाल्यो ।
हामीलाई विभिन्न सङ्घसंस्थाहरूको आयोजनामा विद्रोही पक्षका शान्त हुन थालेका केही मानिसका साथ केही प्रहरी अधिकृत, केही राजनैतिक कार्यकर्ता, केही पत्रकारलाई मानवअधिकारसम्बन्धी प्रशिक्षण दिन खटाइयो ।
सम्बन्ध
कोठाको दृश्य ।
कोठाको दैलो खोलिन्छ । एक युवक हातमा केही पोका झुण्ड्याएर भित्रिन्छ । भित्रबाट दैलो लगाइदिन्छ ।
ग्यासको चुल्हो राखेको ठाउँमा जान्छ । चुल्होमा पानी बसालिदिन्छ । ल्याइएका पोकामध्ये एउटा पोका कफीको हुन्छ जुन बसालिएको पानीमा अलिकति हालिन्छ । अर्को पोकाबाट चिनी हालिन्छ । अरू पोका त्यतिकै छाडिन्छ ।
विवेक
एक्कासि उनले एक जोडदार चड्कन हानेर मेरो मुख छोपिदिए ।
के र किनजस्ता प्रश्न आँखामा फैलनुअघि नै उनले भनिहाले, “तैँले ऐया पनि भन्न पाउँदैनस् ।”
यो आदेश हो वा धम्की, केही सोच्न पाएकै थिइनँ, बरु अब केही गर्नै पाउँदिनँ, मलाई लाग्यो किनकिन । मान्यजन हुन् उनी, विरोध र प्रत्याक्रमणभन्दा पनि बढी सम्मानको क्ष्ाेत्रतिर पनि विस्तारित हुने सन्दर्भ थियो हामीबीच । अब के गर्ने ? सम्भावित युग बनेर त्रास पनि फैलिन थाल्यो मनभित्रभित्रै ।
