Skip to content

ज्ञानेन्द्र घीमीरे 'ज्ञानु'

जिन्दगीको यात्रामा

जिन्दगीको यात्रामा, धेरै पल्ट गल्छ मान्छे
अघि बढन नसकेर, भित्र भित्रै जल्छ मान्छे

यति राम्रो दिलमाझ किन ? बस्छ डाह ईष्या
अरूलाई बालेर बरू, आफू पनि बल्छ मान्छे

विश्वासमा बाचा हुन्छ र नतोड्नुनै जाती हुन्छ
आफूलाई आफूले नि, कति धेरै छल्छ मा

दुख्ने आखिर बराबरी

भो अब थोरै तिमी थोरै म, झुक्ने आखिर बराबरी
सबको मन उस्तै हो नि, दुख्ने आखिर बराबरी

छैनन् बाकी केही, यादहरू नै हुन विश्वास मेरो
दुईटा मुटु एउटै श्वास, फुक्ने आखिर बराबरी

यही माया, यही चाह बोकी सधैँ अघि बड्ने
शीतलताको अङ्गालोमा, लुक्ने आखिर बराबरी

GyanendraGhimireGyanu

दुख्यो मुटु आज धेरै

दुख्यो मुटु आज धेरै, अब बाटो छेक्दिन होला
सायद गल्ती मेरै थियो, गजल पनि लेख्दिन होला

हजार चोट सहिरहे, आज अलि बढी पोल्यो
पखालिए सबै यादहरू, सपनी नै देख्दिन होला

विश्वास भन्नुनै माया थियो, त्यही पनि पराई भै दियो
टाडै बाट बाई बाई गरे, त्यो आँगन नै टेक्दिन होला

देउरालीमा धा’छौ सानु

जिन्दगीमा पहिलो पल्ट, चोखो माया ला’छौ सानु
मेरो माया पाउन भनी, देउरालीमा धा’छौ सानु

छोटो जीवन, लामो बाटो, यात्रा अधुरो रहला
सँगै जीउने, सँगै मर्ने बाचा कसम खा’छौ सानु

मनभरि श्वास अनी आँखाभरि आश लिई
परेलीनै भिजाएर, मिठो गीत गा’छौ सानु

तिम्रो यादमा तीन मुक्तक

१)
सन्नाटाका रातहरूले,
एकान्तका बातहरूले,
तिम्रो याद दिलाईदिन्छ,
समाएका हातहरूले ।

२)
विभिन्न ती जातहरूले,
टुक्रिएका साथहरूले,
तिमीबाट ओझेल पार्छ,
झरी सकेका पातहरूले ।

गजलमा सानु

फोटो मात्र किन र, यो जीवन नै दिए सानु ।
अन्जुलीभरिको त्यो माया, एकै घुड्की पिए सानु ।

हल्लैदेउ बिदाईका हातहरू, फेरि भेट्ने विश्वासमा,
तिमी आउने त्यही विश्वासले, जसो तसो जिए सानु ।

बनावटी आसहरूले, बेर्थेई दुख्यो मुटु मेरो,
फाटिसक्या यो मुटुलाइ, बेरबार गरि सिए सानु ।