Skip to content

देउरालीमा धा’छौ सानु


जिन्दगीमा पहिलो पल्ट, चोखो माया ला’छौ सानु
मेरो माया पाउन भनी, देउरालीमा धा’छौ सानु

छोटो जीवन, लामो बाटो, यात्रा अधुरो रहला
सँगै जीउने, सँगै मर्ने बाचा कसम खा’छौ सानु

मनभरि श्वास अनी आँखाभरि आश लिई
परेलीनै भिजाएर, मिठो गीत गा’छौ सानु

गाजलु ती आँखाले, छली-छली हेरी रहँदा
आजभोलि अलि किन, लजालु तिमी भा’छौ सानु

थोरथोरै ती समयका, धेरधेरै यी यादहरू माझ
चोट मलाई लाग्दाखेरी, पीडा तिम्ले पा’छौ सानु

ज्ञानेन्द्र घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *