जातीयतामा मेरो देश, नातुक्रिया हुने थियो ।
बिर्सियौ कि हिजो तिम्लाई, जनता ले नै चुने थियो ।
बलिधन र संघर्सको मैदानमा उत्रिदा,
औला भाँची गनी हेर, जेलमा कति थुने थियो ।
आस्वासनका धिकुती त भर्नसम्म भरिगयौ,
त्यही बिश्वासको भरोसामा, एउटा संसार बुने थियो ।
