जिन्दगीको यात्रामा, धेरै पल्ट गल्छ मान्छे
अघि बढन नसकेर, भित्र भित्रै जल्छ मान्छे
यति राम्रो दिलमाझ किन ? बस्छ डाह ईष्या
अरूलाई बालेर बरू, आफू पनि बल्छ मान्छे
विश्वासमा बाचा हुन्छ र नतोड्नुनै जाती हुन्छ
आफूलाई आफूले नि, कति धेरै छल्छ मान्छे
– ज्ञानेन्द्र घिमिरे
