दुख्यो मुटु आज धेरै, अब बाटो छेक्दिन होला
सायद गल्ती मेरै थियो, गजल पनि लेख्दिन होला
हजार चोट सहिरहे, आज अलि बढी पोल्यो
पखालिए सबै यादहरू, सपनी नै देख्दिन होला
विश्वास भन्नुनै माया थियो, त्यही पनि पराई भै दियो
टाडै बाट बाई बाई गरे, त्यो आँगन नै टेक्दिन होला
सफल होस् जीवन त्यो, चाहना त तै हो मेरो
जति मर्म परे पनि, झझल्को त्यो तिम्रो फेक्दिन होला
