Skip to content

तिम्रो यादमा तीन मुक्तक


१)
सन्नाटाका रातहरूले,
एकान्तका बातहरूले,
तिम्रो याद दिलाईदिन्छ,
समाएका हातहरूले ।

२)
विभिन्न ती जातहरूले,
टुक्रिएका साथहरूले,
तिमीबाट ओझेल पार्छ,
झरी सकेका पातहरूले ।

३)
नपिएका मातहरूले,
समयसँगैका घातहरूले,
निरास निरास बनायो,
जिन्दगीका लातहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *