Skip to content

दुख्ने आखिर बराबरी


भो अब थोरै तिमी थोरै म, झुक्ने आखिर बराबरी
सबको मन उस्तै हो नि, दुख्ने आखिर बराबरी

छैनन् बाकी केही, यादहरू नै हुन विश्वास मेरो
दुईटा मुटु एउटै श्वास, फुक्ने आखिर बराबरी

यही माया, यही चाह बोकी सधैँ अघि बड्ने
शीतलताको अङ्गालोमा, लुक्ने आखिर बराबरी

एउटै बाटो, एउटै लक्ष्य, अन्तिम सम्म लडिरहने
ओइली झर्या फुल झैं, सुक्ने आखिर बराबरी

भो अब थोरै तिमी थोरै म, झुक्ने आखिर बराबरी
सबको मन उस्तै हो नि, दुख्ने आखिर बराबरी

ज्ञानेन्द्र घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *