टीका मिलन
हौँ देश ब्यूँझाउने
अत्याचार सहेर हुन्न यसरी, यो देशको उन्नती ।
स्रष्टाको किन आज भो अवनती, कस्ले गरे ज्यादती ।।
ती हाम्रा किन छन् बिरोध गरने, ? हेप्ने र हप्काउने ।
स्रष्टाले नबसौँ झुकेर कहिले, हौँ देश ब्युँझाउने ।। १
हेर्छौँ नित्य सबै डुलेर पहिले, सर्बत्र पुग्छौँ कवि
पुग्छौँ त्यो जुन ठाउँमा; जब त्यहाँ, पुग्दैन कैल्यै रवि ।।
गर्छौँ सोचबिचार विज्ञबलले, सम्पूर्ण सम्झाउने ।
स्रष्टा हौँ अब यो सहन्छ कसले, हौँ देश ब्युँझाउँने ।। २
काल अनिकाल
आजको यो रमाइलो दुनियाँमा
मेरो अतीत नाचिरहेको हुन्छ
अतीत भनेको भूत हो भूत
मलाई भूतले सताउँछ
म तर्सिन्छु , म डराउँछु तै पनि
म भूत सँग पौँठेजोरी खेल्दै
भबिष्यसँग मिसाइदिन्छु
भूत + भबिष्य = ?
म छक्क पर्छु , यसरी त बर्तमान पो….
म बर्तमानको उद्धार गर्न थाल्छु
यत्तिकैमा म झल्याँस्स हुन्छु
सपनाको सन्सार कति रमाइलो छ
त्यहाँ त मेरो एउटा घर थियो
मात्र खण्डहर थियो
तर मलाइृ खाँचो थिएन घरको
मेरो अफ्नै सन्सार थियो
त्यो सन्सार अचम्मको थियो
त्यहाँ एउटा बिसाक्त ज्ञासले भरिएको वायुमण्डल थियो
थिएन एउटै पनि प्राणवायू, त्यहाँ
मात्र बिसाक्त, बिसाक्त
बाँच्नको लागी एउटै मात्र थियो त्यहाँ
काल
आज हो कि भोलि हो कि, जानुपर्छ त्यो दिनै ।
आउँदैछ नित्य यो लिएर जान साथमै ।।
हुन्न भन्न यी कुरा कि,आउँदैन काल त्यो ।
सक्छ भन्न को पखे ? लिएर जान्छ साथ पो ।।१
काल नै ठुलो सबै लिएर मृत्यु साथमा ।
आइ टप्प टिप्छ त्यो चुँडेर लान्छ बातमा ।।
फुत्त पस्छ देहमा झिकेर लिन्छ प्राण यो ।
सुन्छ देख्छ त्यो कतै न मान्छ बात ज्ञानको ।।२
भो हाल नेपालको
शिन्धूको शिर उच्चमा अजङको, पैरो झरो बेगले ।
सुन्कोशी सब जाम भो जल भरी, बर्षा भयो तेजले ।।
बस्तीको सब गाँस बास सहितै, मान्छे हराए कहाँ ?
खोजी गर्न भनेर नै पुलिस औ, आर्मी पुगेछन् त्यहाँ ।। १
मान्छेको सब गाउँ नै पुरिगयो, सारा उठिबास भो ।
कोही घायल भै मरें अब भनी, रुँदै गरेका अहो !!
बाँकी छैन कतै न पुत्र न बधू, छैनन् कुनै सन्तती ।
एक्लो जीवन भो कठै अधमरो, बग्यो सबै सम्पती ।। २
आफ्नै बिरोधी भए
पैले जो अघिको धरातल; कहाँ ? टेक्तै थियौ बिर्सियौ ?
एक्कासी किन हो पसेर वनमा, नृसिंह झैं गर्जियौ,
मान्छे क्वै कुटिए र काटी गिँडिए, तिम्रो थियो चाल त्यो
लुक्तै हिड्द थियौ; सधैं वनवनै, बेहाल यस्तै थियो
भागी स्याल कतै गएर वनमा, त्यो सिंह भै फर्कियो
आफ्नो सम्पति नै थिएन घरमा, थुप्रै कमाई लियो
आयो जोस अझै चुनाव लडने, भन्दै अझै गर्जियो
धम्की औ डर त्रासले समयको नाफा सबै नै लियो
नेपाल आफ्नै ठुलो
आफ्नै जन्मभुमी बिसाल जगमा, नेपाल मेरो घर ।
अम्रीका, रुस, चीन, हङ्कङ अझै जापान झैं सुन्दर ।।
सेतो बस्त्र भिरी हिमाल सहजै, हेर्छन् पखेरा तिर ।
फ्रक्रेका कलिला मुना वनवनै, खोल्सा र पाखा तिर ।। १
काँडेभ्याकुर, मिर्ग, झारल कतै चौंरी चरे बेसरी ।
डाँफे, कोकिल रम्दछन् मयुरले, पंखा फिजाए कति ।।
पानीका जरुवा पिएर सबले, संजिबनी पाउने ।
थुप्रैछन् यस देशमा जरिबुटी, उद्योग मौलाउने ।। २
सत्ता समाल्ने हुँदा
बस्ती आज उजाडियो घर ढले, सिंचाइको नाउँमा
गर्लान् के इनले बिकास यसरी, बिश्वस गर्छौ कहाँ ?
नेपाली जहिले थिए बिपतमा, छन् आज उस्तै हरे !
ठेक्का हो अब छैन बन्धन कतै, सत्ता यसै चल्छ रे ।
गर्ने काम त हैन नास यसरी, इच्छा लियौ जोशमा
भत्काएर गयौ समस्त नगरी, आमा रुदैछिन् त्यहाँ
हेर्दै छौ कसरी सधैंभर यसै, नेपाल आमा रुँदा
गर्ने काम यही थियो गर सबै, सत्ता समाल्ने हुँदा
२०७१। ३। ५
इटहरी — ५
मुसाले तर्सायो
समय ठीक दिनको बार बजेको छ । रमेश आफ्नो ब्यबाहारिक कामको लागि बिराटनगर जाँदैछ । उसको एउटा हातमा सानु झोला छ ।अर्को हातमा प्लेनको प्रबेशपत्र, ऊ सरासर प्लेन भित्र पस्छ । प्लेनको सिटमा बसेर सबैतिर पल्याक पुलुक हेर्छ । झ्यालको शिसाबाट बाहिर पटि हेर्दा, परबाट एउटी केटी त्यो प्लेनलाई हेरिरहेकी थिई । त्यो केटी थिई साबित्री ।
साबित्री रमेशकी साथी थिई, मात्र मायालु साथी……। प्लेन नउडुन्जेल सम्म त रमेशले, झ्यालको शिसाबाट हेरि नै रहेको थियो जब प्लोनले धावन मार्ग छाड्यो उसका आँखाबाट सबित्री ओझेलमा परी ।
पोखरा
झल्केका कसरी अहो ! महल ती स्वर्णै सरि पोखरा
हेर्दा अन्त कतै छ यो मुलुकमा ? यस्तो सफा सुन्दर,
चम्कन्छन् कसरी मणी मुकुटमा इन्द्रादि द्यौताकन
त्यस्तै नै उपरी सधैँ झलकिने हिम्शैलको यो धन ।।१।।
हेर्दा झल्मल रातमा पनि उसै छन् चादनी झै गिरी
साँच्चै सुन्दर त्यो सुसोभित सदा ब्यौली बनी सुन्दरी
फेवाको जलमा मुसुक्क गरदै हाँस्ने सुनौली परी
घुम्टो बादलको सधैँ पहिरिने शर्माउदै दिन्भरी ।।२।।
संखुवासभा
खोला यी जुन संखुवा अनि सभा, बग्दै गरेका जहाँ |
तिन्कै नाम लिएर बन्दछ अहो जिल्ला त हाम्रो त्यहाँ ||
उत्तर् चीन सिमा हिमाल तिरको किल्ला भयो दुर्गम |
दक्षिण तर्फ भने भयो धनकुटा, औ तेरथुम्को सिमा || १
ताप्लेजुङ् अनि तेरथुम् पनि अझै पूर्वीय पाटा तिर |
पश्चिम् पर्न गएछ भोजपुर औ सोलु दुबै सुन्दर ||
चार्किल्ला बिचमा छ यो सुगतिलो जिल्ला बसेको यहाँ |
यस्को माथ हिमाल हो भुवनमा, कैल्यै नझुक्ने जहाँ || २
खाँद्बारी छ मुकाम मुख्य यसमा जिल्ला बसेको अहो |
दोस्रो ठाउँ ठुलो छ चैनपुर; त्यो, हो काल प्राचीनको ||
तुम्लिङटारदेखि सेदुवासम्म
तुम्लिङबाट उठेर गयो उकालो चढेर
खाँदबारी बजार राम्रो छ हेर अघाडी बढेर
मरुवा हुदै भञ्ज्याङ पुगो यो पाङ्मा गाऊँ हो
रमाइलो फाँट हरियो वन सेखाहा गाउँको
चिप्लेगाउँबाट सीतल ताप्दै भोटेबास पुगियो
उकालो काटी रमिते डाँडा छ्याङ्कुटी पुगियो
शिरिरी हावा छ्याङ्कुटी भञ्ज्याङ्ग रमिता हेरेर
सुस्तरी हिड्यो गोगने हुँदै चिचिला पातल

मानव इतिहासले मान्छेलाई