समय ठीक दिनको बार बजेको छ । रमेश आफ्नो ब्यबाहारिक कामको लागि बिराटनगर जाँदैछ । उसको एउटा हातमा सानु झोला छ ।अर्को हातमा प्लेनको प्रबेशपत्र, ऊ सरासर प्लेन भित्र पस्छ । प्लेनको सिटमा बसेर सबैतिर पल्याक पुलुक हेर्छ । झ्यालको शिसाबाट बाहिर पटि हेर्दा, परबाट एउटी केटी त्यो प्लेनलाई हेरिरहेकी थिई । त्यो केटी थिई साबित्री ।
साबित्री रमेशकी साथी थिई, मात्र मायालु साथी……। प्लेन नउडुन्जेल सम्म त रमेशले, झ्यालको शिसाबाट हेरि नै रहेको थियो जब प्लोनले धावन मार्ग छाड्यो उसका आँखाबाट सबित्री ओझेलमा परी ।
बिराटनगरमा ओर्लिए पछि पनि उसले एकचोटी सबैतिर निहाल्यो, तर त्यहाँ साबित्री थिइन । ऊ, सरासर रिक्सा भएठाऊँमा गयो र एउटा रिक्सामा बस्यो; उसको रिक्सा सरासर बसपार्कमा पुगेर रोकियो । रमेशले आफ्नो गोजीवाट पैसा झिकेर रिक्सालाई बिदा गर्यो । काँधमा झोला बोकेर दायाँ बायाँ हेर्दै सडकमा हिड्दै गर्दा उसका आँखा एउटा ठुलो सायनबोर्डमा ठोक्किन पुग्यो । त्यहाँ “यती होटल एण्ड लज” भनेर लेखेको थियो । रमेशलाई बासको चिन्ता थियो अब त्यो पनि समाधान हुने भयो । ऊ, सरासर होटलमा गयो । त्यहाँ धेरै नयाँ र नौला मान्छे बसेका थिए । उसलाई त्यहाँ भएका सबैजसो मान्छेले एकपटक नियालेर हेरे रमेश अलिक सशंकित भए झैं अघि बड्यो । ऊ त पहाडबाट आएको हेर्दै खेरि ऊ पहाडे झैं देखिन्थ्यो । सरासर गएर काउन्टरमा सोध्यो रात बस्नको लागि कोठा पाइन्छ कि ? साहुले – “पाइन्छ बस्नुहोस न ! भन्दै रामेलाई बालायो र कोठा देखाइदे भन्यो । रमेश गएर कोठामा झोला बिसायो केहिछिन आराम गरेर बिरटनगर बजार तिर निस्कियो । उसले किन्नु पर्ने सामान धेरै थियो । केही सामान किनेर कोठामा थन्क्यायो, रातमा आराम गर्यो बिराटनगर मा निकै गर्मी बढेको थियो ऊ रातभर छटपटाउँदै रात बितायो ।
भोलिपल्ट पनि ऊ त्यही बस्ने भयो उसले खरिद गरेका सामानहरु त्यही लजको कोठामा थन्क्याएर आफू धरान तिर डुल्न भनेर गयो । धरान बजारमा धुम्दा घुम्दै उसले आफ्नो चिर परिचत मान्छेलाई भेट्यो । त्यो मान्छे उसको आफन्त पनि थियो । उसकै सल्लाह अनुसार अब देखि जागिर खाने बिचार लियो ।
ऊ अब जागिर खाने आसले गर्दा चाँडै नै घर पुगेर धरान आउने बिचार लिएर बिराटनगर तिरै फर्कियो र आफ्ना सामानहरु लिएर घरतिर बाटो लाग्यो । उसले जति सक्तो चाँडो जागिर खान धरान आउनु पर्छ बिलम्ब भएमा त्यो जागिर अर्काको हातमा पर्ने सम्भाबना थियो, त्यसैले गर्दा ऊ हतार हतार गरेर घर तिरको बाटो तताउँदै थियो । ब्यापारी पेशा भन्दा त जागिर खान धेरै सजिलो छ । अब भने रमेशले बैंकमा जागिर पाउने भयो त्यो धरानमा भेट भएको मान्छे उसको आफन्त पनि हो र बैंकको मेनेजर पनि, उसले आपैंm नियुक्ती गर्ने हुनाले रमेश ढुक्क छ ।
जागिर खान धरान त आउने भयो तर उसले साबित्रीलाई चैं के भनेर छाड्ने हो, उसको मनमा कुनै सोच बिचार आउन सकेको छैन । गाउँले केटी भए पनि एस एल सी पास गरेकी छे । सानो तिनो काम त उ पनि त गर्न सक्छे । तर के भनेर ल्याउनु ? बिहे गरेर ल्याउन पनि सम्भब छैन । जातको तगारो एकातिर छ भने सामाजिक बन्धन् पनि त एउटा अबरोध नै हो । कि त भगाएर ल्याउनु पर्यो फेरि अर्काकी छोरी त्यसै भगाएर हिड्दा जागिर त हैन गीर मात्रै पाउने सम्भाबना उस्तै छ । भाइ बहिनी सानै हुदा आमालाई दैबले चुँडेर लग्यो भाइ बहिनीको लागि ऊ आपैंm आमा भएर बसेकी भए ता पनि रमेश र सबित्रीको पहिले देखि नै माया प्रिती बसेको एकअर्का संग कहिल्यै नछुट्टीने बाचा बाँधेको यस्तै अनेकानेक कुरा सोचेर वाक भएको छ । अब साबित्रीलाई केभनेर छाड्ने हो ।
रमेश फेरि प्लेनको टिकट काटेर घर फर्किन्छ । घरमा बाबु र आमालाई धरानमा गोबिन्द दाइ सित भेट भएको र बैंकमा एकजना मान्छे चाहिएको अनि दाइले त्यही जागिर लाइदिन्छु भनेको कुरा सुनायो । बाबु आमा पनि खुसि नहुने कुरै भएन । अब छोरो बैंकको जागिरे हुने भयो । रमेश जागिर खान धरान जाने कुरा एक कान दुईकान हुदै साबित्रीको कानमा पनि पुग्यो । साबित्री यो कुरा सुनेर मर्माहत त भइन् नै, उनी तुरुन्तै रमेशलाई भेट्ने उद्देश्यले रमेशको घरमा पुगिन् । संजोग नै त्यस्तो परेको ले होला रमेश संग भेट हुन सकेन ऊ त खाँदबारी बजार गएको रहेछ । साबित्रीले रमेशको बारेमा सोधी – “रमेश जागिर खान जने कुरा सुनेकी थिएँ हो आमा ?”
“हो त नानी किन र ?” आमाले उल्टै प्रश्न तेस्र्याइन् ।
“किन पनि होइन एउटा सानु कुरा थियो”–साबित्रीले त्यति नै भनेर बाटो तताइन् । साँच्चै भन्नु हो भने रमेश र साबित्री अतीतको कथा निकै लामु छ । त्यहाँको प्रक्रिति । मान्छे जस्तो बोल्ने हुनु हो भने साराले थाहा पाइसक्थ्यो होला । साबित्री संगको आफ्नो सम्बन्ध बाटामा हिड्दै गर्दा झलझली हुन थाल्यो मनमा एउटा अज्ञात भयले छोप्यो । मनमा अनेक कुराहरु खेलाउँदै ओरालो झरेको रमेश एकछिन् चौतारामा बसेर सोच्न थाल्छ । साबित्री ! आज म कसरी साबित्रीलाई छाडेर जाने बिचर गर्दै छु ? उसले मलाई आफ्नु कलिलो जवानी सुम्पिएकी छे ।
उसको मनमा सम्पूर्ण कुराको पुनरास्मृती हुन थाल्यो । तर पनि उसलाई साबित्री केहि जस्तो लागेन । उसले सबैकुरा जवानीको खेल मात्र सम्झ्यो ।
त्यस दिन रमेशले खाँदबारी बजारमा आफूलाई चाहिने सामानहरु किन्यो । काँधमा सानु झोला झुण्ड्याएर रमेश लुखुर लुखुर ओरालो झर्दै थियो बाटैमा साबित्री संग जम्काभेट हुन पुग्यो । साबित्रीको पनि मनमा सबै अतीतका कथाहरु नाचिरहेका थिए । आपसमा मिलेर गरेका ती गोप्य आनन्दका क्षणहरु आपसमा एकअर्कालाई दिएका बाचाहरु । एक्कासी रमेश र साबित्री जम्काभेट हुदा रमेश अलिकति झस्किन पुग्यो । साबित्रीको मनमा एउटा सानु संकाको बिऊ टुसायो । हठात सम्हालिदै रमेश बोल्यो–“किन हो, साबित्री ! बाटामा एकलै बसेकी छ्यौ नि”
“हजुरको प्रतिक्षामा बसेकी छु निकै बेरदेखि,”– मलिन स्वरमा भनी साबित्रीले ।
अनि; केहि भन्नु पो थियो कि ?”– रमेशले त्रसित भावमा साध्यो ।
“तिमी धरानमा जागिर खान जादै छौ अरे हो ? – सबित्रीले मलिन अनुहार पार्दै सोधी ।
“अँ हो”– रमेशले यति मात्र उत्तर दिएर बाटो लाग्न खोजेको थियो, साबित्रीले च्याप्प हातमा समाती । बिचरा रमेश केही नबोली टक्क अडियो ।
“के तिमीलाई मेरो माया लाग्दैन ?”— साबित्रीले आँखाबाट आँशुका थोपा चुहाउँदै सोधी । सवालमा रमेश एकछिन त अक्क न बक्क भएर साबित्रीलाई हेरिरह्यो, हेरि नै रह्यो । मुखमा केही शब्द छन् तर ओठ भने चल्न नसके झैं गरिरहेका थिए ।
“म पनि तिमी सँगै धरान जान्छु , के तिमी मलाई लान तयार छौ ?”— एक्कासी साबित्रीले रमेशलाई झम्टिदै भनी ।
“तिमी मेरो को हौ र, मैले तिमीलाई लाने ?”— रमेशले यतिमात्र भनेका थिए, साबित्रीले उनको कठालो समात्दै भनी —“थाहा छैन तँलाई ? म को हुँ ? सोध् त यी सारा वन बुटा र रुख पातहरुलाई ! भन्छन् यो तेरै स्वास्नी हो भनेर ।
“म तिमीलाई बाटो बाटै स्वीकार्न सक्तिन”— रमेशले अलिक डराए झैं स्वर निकालेर भन्यो ।
रमेशको सुर अचेल बेग्लै छ । अस्ति सम्म ऊ बेग्लै थियो साबित्री भने पछि हुरुक्क हुने, केही दिन देखि ऊ परिवर्तन भएको जस्तो त साबित्रीलार्इृ पनि लागेको थियो । आज देखि प्रष्ट भयो । रमेशले त साबित्रीलाई माया गरेको होइन रहेछ खालि उसले त, साबित्रीको जवानीलाई मात्र ………। कतै उसले अरुकुनै केटीलाई पनि ………. ।
“के तिमीले मलाई, अब त्याग्ने भयौ त ? एक चोटी आफ्नो निधार खुम्च्याएर सोचिहेर अनि मात्र गर आफ्नो निर्णय । तिम्रो र मेरो बिगतका कथा र ब्यथा अनि हाम्रा सारा सपनाहरु, के आजै खरानी भैसक्यो ? अनि म मान्छे हैन ? यदि तिमी मलाई अलपत्र पारेर हिड्छौ भने, म के का लागि बाँच्नु म पनि मरिदिन्छु तिम्रै सामु; आत्महत्या गरिदिन्छु । कसैको पे्रममा कोही शहिद हुन्छ भने त्यो म नै हुने छु बुझ्यौ ? त्यस पछि के हुन्छ ? म किचकन्ने बनेर तिमीलाई जिन्दगीभर दुख दिईरहनेछु । मेरो कुमारित्व लुट्ने बेलामा म गुलाफको फूल भएँ तर त्यही फूल पत्कर भै सक्यो ?”— साबित्री आबेशमा कराइरहेकी थिई । उसको आँखाबाट
बलिन्द्र धारा छुटिरहेका थिए उसको हृदय छिया छिया भएर फाटिसकेको थियो तै पनि रमेश त्यसलाई सामान्य रुपमा लिइरहेको थियो । साबित्री अझै चिच्याउँदै थिई ।
“मेरो जवानीको रस चुस्ने बेलामा अनेक किसिमका लोभ र लालच देखाइस् हैन ? आज खै आज ती तेरा बाचा र कबुल गरेका सर्तहरु ? ए, बदमास ! अझै पनि के हेर्दैछस् ? बरु मारिदे मलाई, म तेरैहातमा मर्न चाहान्छु ।”— साबित्री कराइरही । रमेश चुपचाप चुपचाप ।
रमेश पर पुगिसकेको थियो सबित्री अझै कराइरहेकी थिई । रमेशले नेटो काटिसकेको थियो, आखिर उसको पनि मानव मुटु त उस्तै छ । उसले बाटो भरि सोच्दै गयो । “हो नि हुन त ! आखिर उनले सहि कुरा त गरेकी हुन् । मैले उनलाई साँच्चै धोका दिनै नहुने; खै के भ्रुमहत्तेमा परियो परियो । पहिले साबित्रीलाई मेरो जिन्दगीमा प्रबेश गराउँन कत्रो संघर्ष गर्नु परेको थियो । बिचरी कसैले मेरो बारेमा नराम्रो कुरा गर्दा कति रिसाउँथी । धेरै कुरामा उसले मलाई सहयोग पनि नगरेकी त कहाँ हो र ? मैले यसरी साबित्रीलाई माया मार्नु भनेको त साँच्चै उसको हत्या गर्नु सरह हो, तर खै ! …….. माया त कहाँ मारेको छु र ?”— अनेकानेक कुरा मनमा खेलाउँदै रमेश घर पुग्यो ।
भात खाएर ऊ ओछ्यानमा पल्टियो । खै ! के भएको हो, निद्रा भने पटक्कै लाग्दैन । भोलि बिहानै बाटो लाग्नु पर्ने, मनभरी साबित्री साबित्री जता ततै साबित्री शिवाय उसले अरु केही पनि देखेन । ओछ्यानबाट उठेर कुपीको मधुरो उज्यालोमा कलम चलाउन थाल्यो ।
२०३७ । ११ । १
स्नेही साबित्री !
सुमधुर, सम्झना ।
खास लेखनीय कुरा त केही पनि थिएन ता पनि आज यो एउटा सानु कागज कोर्न लागेको छु । मैले तिमीलाई जे जसो भने गरेको भए पनि अहिले म त्यही वाक्यबाट भए गरेका अपराधको बारेमा क्षमा माग्दैछु । हुनत तिमीले मेरो जवानीको रस चुस्ने बेलामा अनेक …………. गरिस् भन्यौ । त्यो कुरा सबै सत्य हो । जवानीले गर्दा म अन्धो भएको थिएँ । तिमी चैं किन त्यसरी बहकिएर आफ्नु कलिलो जवानी अर्कालाई सुम्पिन पुग्यौ ? म जस्ताको फकौरीमा लाग्ने तिमी पो उस्ती त ! आफ्नो सर्बस्व अर्कालाई छाडि दियौ । त्यो मेरो गल्ति कदापी होइन । खास कुरो गर्नु हो भने, तिमीले आफ्नो जवानीलाई बिक्री गरेकी थियौ केवल मैले त खरिद मात्र गरेको थिएँ; मात्र खरिद । यी सबै कुराहरु तिम्रा भ्रम मात्र थिए, बैंस कसलाई आउँदैन र ? सबैलाई आउँछ तर त्सलाई जोगाएर राख्न पो सक्नु पर्छ त ! आफ्नु जवानीको रक्षा आपैंm नै गर्नु पर्छ । तिमीले जिन्दगीको रहस्य बुझेकै छैन यो बिस्तारै बुझ्ने कुरा हो मान्छेले पढेको कुरा त थोरै मात्र बुझ्छ अरु धेरै कुरा त परेर मात्र बुझ्ने हो । यसरी आफ्नु जवानी अरुलाई सुम्पिएर आज मात्र तिमीले यसको महत्व बुझ्न सक्यौ । यस्तै हो जीन्दगी भनेको । तिमीले त आफ्नु सेफको चाबी अर्कालाई दिइसके पछि आफू लुटिएको थाहा पायौ । यो त तिम्रो सरासर भुल हो अनि एउटा आफूमाथिको जघन्य अपराध पनि हो ।
के तिमी निर्जीव प्राणी हौ र ? कि तिमी सडकको छेउमा फुल्ने फूल हौ ? आफ्नु जवानी जोसुकैलाई चाख्न दिने । भमराको आक्रमणलाई फूलले अस्वीकार गर्नु हो भने भमराको केही चल्दैन । अहिलेको परिबेसमा म तिमीलाई स्वीकार्न नसक्ने भएको कुरा रख्दै आज म यो कलम बन्द गर्न चाहान्छु ।
उही तिम्रो
रमेश
चिठ्ठी लेखिसकेर उसले एउटा खाममा हाल्यो र बन्द गरेर आपैंm सँग राख्यो । बिहान चाँडै साबित्री गाग्री बोकेर पँधेरामा पानी लिन जान्थी यो कुरा रमेशलाई पनि थाहा थियो । झिसमिसे मै उठेर रमेश आफ्नु बाटो लाग्ने व्रmममा ऊ साबित्रीको बाटो कुरिरहेको थियो, नभन्दै काखीमा गाग्री च्यापेर साबित्री पनि त्यहीँ आइपुगी । उसले केही पनि नबोलिकन आफ्नु गोजीवाट एउटा बन्द खाम झिकेर साबित्रीको हातमा राखिदियो । साबित्रीले मायालु हेराइले उसको मुखमा हेरिरहिन् तर केही पनि बोलिनन् । “अब म गएँ है ! उहाँ पुगेर फेरि पत्र लेखुँला ।
साबित्रीको मुखबाट कुनै प्रकारको प्रत्युत्तर निस्किएन । जीउ भरि पसिना खलखली आइरहेको थियो, आँखा भरि आँसु डबडबाइ रहेका थिए मुटुमागाँठो परिरहेको थियो । उनी सरासर पानी लिएर घरमा पुगी र गाग्री बिसाएर घर देखि अलिक पर वनको छेउमा एउटा रुखको छेलमा बसेर रमेशको चिठी पढ्न थालिन् । एकचोटी त उनले केही पनि सोच्न सकिन । तर पनि कसलाई के भन्ने र ? आखिर सबै आफ्नै दोष त रहेछ नि भनेर मन बुझाउन खोजिन् तर पनि त्यो मन भाँच्चिइ सकेको रहेछ । भाँच्चिएर आधा भैसकेको मनलाई जबरजस्ती छोपछाप गरेर आफ्नु घर तिर आई ।
साबित्रीको चेहरा बिग्रको छ सधैं उदास उदास देखिन्छे । साथि सँगीले सोध्छन् । “मनकोबह कसैलाई नकह” भन्ने उखान सम्झेर सबैलाई टाउको दुखेको छ भनेर टार्ने गर्छे । दिन महिना भन्दा भन्दै समय धेरै टाढा पुगिसक्यो, साबित्रीको रमेश प्रतिको सोचाइ पनि मायाँ देखि घृणा सम्म पुगिसक्यो । साबित्रीलाई पछुतो शिवाय अरुकेही पनि छैन ।
हरे ! त्यस्तो खराब मान्छे …….? धन्य भगवान ! मेरो जिन्दगी ……… । मैले त्यस्तो मान्छेको साथमा …. ….., किन ? धन्य धन्य प्रभू ! तिमीले मलाई बचाइदिएकोमा कोटी कोटी प्रणाम गर्न चाहान्छु । त्यो बदमास ले म जस्ता अरु पनि कयौं केटीहरुको जीन्दगी बरबाद पार्छ हाला नि; हुन त त्यसलाई पो के भन्नु र ? सबै लाग्नेमान्छे……….। उनीहरुलाई के को डर र ? हाम्रै समाजमा कति कति नवयुबतीहरुले आत्महत्या गरेका छन् । यस्तै त होला नि, ती बिचरीहरुको हालत पनि । बल्ल पो थाहा भयो आइमाई किन अकाल मै मर्दा रहेछन् भन्ने कुरा त । लोग्ने मान्छे भनेको कस्तो हो भन्ने कुरो त यतिबेला पो थाहा हुदैछ; थुक्क लाटी ! म अभैm पनि करा बुझ्न नसक्ने साँच्चै लाटी नै रहेछु ।
साबित्रीलाई लोग्ने मान्छे प्रति अति नै घृणा जागेर आयो । सबै लोग्ने मान्छे उसको नजरमा एकै प्रकारले घुम्न थाले । हुन त मेरा बाउ पनि लाग्ने मान्छे हुन् । मेरो भइ पनि लाग्ने मान्छे नै हो । मेरा मामा,काका अन्य धेरै मान्छेहरु उनका मनमा आउदै हराउँदै गर्न थाले, तर एउटै मान्छे मात्र उनको मनबाट हराउन सकेन, त्यो को हो त ? आखिर मान्छे त्यही हो जसले उनलाई जीन्दगीमा सबैभन्दा ठुलो धोका दिएको थियो । कुनैबेला त उालाई डाको छाडेर रुन मन पनि लाग्छ । तर खै के गर्नु र ? धैर्य गरेर नै बस्नु उपयुक्त छ ।
कुनै बेला पनि आफूलाई समाल्न गारो पर्दा उनी कुनै पुस्तकको सहारा लिने गर्थी । एक दिनको कुरो हो । घरमा बसेर उनी एउटा पुस्तक पढ्दै थिई , पढ्दा पढ्दै उसका आँखामा आँशु टप्किन थाल्यो । साबित्री एकोहारो भएर टोलाउन थाली । यसै बिचमा उसको मटुभित्रैबाट भक्कानो छुटेर आयो । ऊ त्यहाँबाट पढ्न नसकेर डाको छोडेर रुन थाली । कसैले थाहा पाउलान भन्ने लागेर मुख छोपेर घोप्टो परेर धेरैबेर सम्म रोइ रही । बिचरा साबित्रीलाई कत्रो जलन …….. कत्रो तडपन ………..।
त्यो पुस्तकमा भएको कुरा र उनको जीवनमा घटेको कुरा झण्डै उस्तै उस्तै हो जसमा फरक यति मात्र थियो, पुस्तककी नायिका मायालाई भने उसको प्रेमीले गर्भवती बनाएर आफू बेपत्ता भएछ । अब त्यो मायालाई के भयो होला ? कतै उसले आत्महत्या……….? हेर ! अब उसको के हबिगत भयो होला, कहाँ पुगी ? के खाई होला ? सोच्दा सोच्दै फेरि पनि उसको मनभित्रैबाट भक्कानिएर आयो । आँखाबाट आँशुको भल फेरि पनि उस्तै । बरा बिचरा ! रामुले मायालाई छाडेर हिडेपछि मात्र, मायाले थाहा पाई आफू गर्भवती भएको कुरा । रामु कहाँ गयो अत्तो पत्तो छैन । बिचरी ! मायाको अबस्था कस्तो भयो होला ? पुस्तकले साबित्रीको खाटाबसेको घाउ कोट्याए झैं भयो । बिर्सिन लागेको मान्छेलाई पुनः सम्झाइ दियो । त्यही जलन सहन नसकेर ऊ, रुन बाध्य भएकी हो । आफ्नु पिडा भन्दा पनि उसलाई त मायाको पिडाले धेरै सतायो । अब मायाले के गरी होला ? ………..? आत्महत्या………..? हैन …….। उसोभए के त ? मायाको ठाउँमा म भए…………..? उसलाई पढ्न मन लागेन पुस्तकको पानामा चिनो लगाई र थन्क्याई ।
मनमा अनेकानेक कुरा खेल्न थाल्यो उसले त्यही किताब लिएर पढ्न थाली । “जमरे औंसीको अघिल्लो दिन घाम ओराले लागेको अबस्था थियो । धनकुट भन्दा तल घुमाउने चौतारामा हामी बसिरहेका थियौं ……….. । एउटी सत्र, अठार बर्षकी केटी…….. ………। खासै यही हो भनेर ठम्याउन चैं सकिएन उस्तै भनेर हामीले कुरा गर्यौं” । साबित्रीले फेरि पुस्तक बन्द गरी । मनमा फेरि उस्तै कुरा खेल्न थाल्यो । धन्य छौ भगवान तिमी, मलाई त्यो दशाबाट जोगाएछौ । मैले पुर्वजन्ममा धर्मै गरेकी रहिछु । तयो बदमासले त मलाई पनि त्यही मायाको अबस्थामा पुर्याउन खोजेको रहेछ । मैले उसैसँग बिहे गरेर घरजम गरेको भए पनि राम्रो चैं हुने थिएन होला । हे भगवान ! अब देखि म त्यो बदमासलाई मेरो मन मुटु देखिनै हाटाइदिन्छु । मेरो जवानी लुट्ने लुटाहालाई । अब म पुरै बिर्सिदिन्छु । अब म त्यसलाई एक आँखाले पनि हेर्न सक्तिन । असती अपराधी भन्दै अनेकानेक सराप्न लागी । साले गधा ! मुखैले भनिसकेपछी पनि चिठी लेख्नु पर्ने ? म त बाटोको फूल रे …….. । अफ्नो जवानी अर्कालाई जिम्मा लगाउने ………..। त्यसले मलाई कै भनेको थियो ?
साबित्रीको क्रोध झन झन बढ्दै गयो । ऊ, आवेसमा आएर अझै सारो सारो कराउन थाली, “साले, गधा ! हरामी चोटाहा …..त्यस्तो चिठी ? यसै ठाउँमा त आउला नि एकदिन ………।” यसरी एकलै काराई रहेको अबस्थामा एक्कासी घरमा खन्द्र्याङ्ग आवाज आयो । यस्तो आवाजले साबित्री झसङ्ग भएर तर्सी । यसो हेर्दा घरमा बिरालाले भान्सामा खानेकुरो चोर्न लागेको रहेछ । रिसले आगो भएकी साबित्री झन रिसले चुर हुँदै एउटा दाउरो टिपेर बिरालाको पछि लागी । दाउराको झटाराले बिरालालाई हनेको थियो तर भित्तामा ठोकिएर त्यो दाउरो आफ्नै टउकामा बजारिन आइपुग्यो । ऐया नि आमा भन्दै टाउको सुम्सुम्याउँदै बिरालो मार्न भनेर लखेट्दै घर बाहिर निस्की तर बिरालाले डाँडो काटिसकेको थियो ।
खाटमा बसेर साबित्री फेरि त्यही पुस्तक पढ्न थाल्छे । पढ्दा पढ्दै रात पर्न लागिसकेछ साबित्री घरको कामकाज तिर लागी । घरमा बेलुकाको भात तिहुन गरीसकेर बस्तुभउलाई खाना दाना दिइसके पछि बाबु पनि बजारबाट अइपुगे भाइ पनि खेल्न गएको बल्ल घरमा आयो । सबैले भात खाइसके । साँझ परे पछि घरमा केहिकाम थिएन बाबु ओछ्र्यनमा गएर सुतिहाले । भाइ एकछिन सम्म उनी सँगै बस्यो उसलाई पनि निद्रा लागेछ, सुतिहाल्यो ।
साबित्रीलाई भने पटक्कै निद्रा लाग्दैन । आमाले सानैमा छाडिन् । बाबुले कत्रो दुख गरेर हुर्काएकी छोरी । आज ऊ जवान भएकी छे । आफ्नु जीवनमा देखेको सपना पनि सबै चकनाचुर भयो । यसरी रमेशले साबित्रीको जीवनमा धमिरा लगाएर छाड्ला भन्ने उसले सोचेकी पनि थिइन । सोचोस पनि कसरी र ? जब कि ऊ आपैंmले सबित्रीलाई बिस्वास दिलाएको थियो । रमेशले साबित्रीलाई कसरी हत्याएको थियो रत्याएको थियो संसारको सबैभन्दा ठुलो संसार बसाउँने सपना देखाएको थियो । त्यसैकारणाले साबित्रीले पनि एउटा सुन्दर सपना सजाएकी थिई । आफ्नो पबित्र प्रेमले उसलाई पूजा गरेकी थिई । सबित्रीले रमेशको नाटक हो भन्ने थाहा नै पइन । अझै पनि सबित्रीलाई बिश्वस लागिरहेको छैन । घरि घरि त यो त मैले सपना मात्र देखेकी हुँ कि झैं लाग्छ तर होइन यो बिपना नै हो । यदि उसको बिचारमा यस्तो कालो धब्बा थियो भने किन …….? त्यसरी किन मेरो जीवनमा…………? मलाई के थाहा र ? ऊ त्यस्तो बिसालु सर्प हो भन्ने कुरा ? धन्य म भाग्यमानी नै रहेछु । कतै त्यो पापीको पाप मेरो ……….? यस्तो सोच्दा सोच्दै साबित्री पनि भुसुक्कै निदाउन पुगी ।
भिरको बाटो रमेश अघि अघि साबित्री पछि पछि, हिडीरहेका थिए । रमेश छिटो छिटो हिडिरहेको थियो । साबित्रीले भेट्टाउन सकिरहेकी थिइन । रमेश घरि घरि फर्कैर हेर्दै थियो र भन्दै पनि थियो “साबित्री ! नआउ नआउ ! ! बाटो अप्ठ्यारो छ । माथि हेर त ! छितिजले आकाशलाई अंकमाल गरिहेको छ । तल हेर त ! पहाडले नदीलाई च्यापिरहेको छ” । उँभो हेर्दा एउटा सानु लाम्चो आकाश मात्र देखिन्थ्यो । पहाडको चेपमा निचोरिएर बगेको सानो खोलो अनि साँगुरो बाटो । साबित्री बलगरेर हिड्न खोज्दै थिई । रमेशले डाँडो काटिसकेकोथियो । साबित्री त्यहीँ बसेर रुन थाली । अझै पनि टाढाबाट मधुरो प्रतिध्वनी सुनिदै थियो । “साबित्री ! बाटो अप्ठ्यारो छ ………। उतै फर्क यता आउने कोशीस नगर” । हिड्दा हिड्दै साबित्री बाटैमा थुचुक्क बसी । रमेश त्यताहुँदो थिएन । ऊ निकै टाढा पुगिसकेको थियो । साबित्री रुनु न हाँस्नु भएर जुरुक्क उठी र रमेशलाई पछ्याउने सुर कसी । बिचरा ! उसको खुट्टा लरबरिन्छ ढुंगामा ठेसलाग्न पुग्छ । साबित्री हुत्तिएर भिरबाट खस्न पुग्छे र चिच्याउँदै निद्राबाट बिउँझिन्छे ।
मध्यरातमा छोरी अत्तालिएर चिच्याएको सुनेर बाबुले “नानी ! ए, साबित्री ! ! के भयो हँ” ? — भने ।
“केही पनि होइन बुबा ! मुसाले तर्सायो” — साबित्रीले भनी ।
२०३७ । १२ ।२१ शुक्रबार
संखुवासभा, तुम्लिङटार
