Skip to content

टीका मिलन

छचल्कीरहन्छन् गुम्सिएका भावनाहरू

आदरपुर्वक मेरो अभिवादन मित्र !
स्वीकार गर यो तुच्छ अभिव्यक्तिलाई
म सारा तिम्रा आनन्दका दिनहरुलाई स्वागत गर्छु
तिमी एउटा सानु दृष्टि देऊ
चैतको खडेरीले खाएको बृक्ष झैँ
पुषको तुसारोले खाएको पूmल भैmँ
पछि पछिलाई पुनर्जन्म लिने आशमा
म सधैँ तिम्रो प्रतिक्षामा हुन्छु
यी मेरा तुच्छ अभिलाषाहरुलाई
केवल तिम्रो मिठो आवाजले
घरीघरी शिथिल पारिदन्छ मित्र !
तिमी बिना म रित्तो अनुभव गर्छु
सधैँ एकै ठाउँमा को पो बस्ला र ?
तर पनि चिठ्ठी पत्र त लेख्नै पर्ने

मकालुसँग मित लाउने धुनमा

मेरो घरको आँगनबाट सधैँ सधैँ
तिमीलाई हेर्ने गर्थेँ
उत्सुकता जाग्थ्यो मनमा
त्यो के होला ?

मेरी हजुरामाले हिमाल भनेर चिनाउनु भा’थ्यो
म हिमाल देखेर माहित हुन्थेँ
र सधैँ सधैँ दर्शन गर्थेँ
कस्ले हो कुन्नि, मलाई भन्यो
त्यो मकालु हो भनेर
म कालु; तिमी मकालु
हामी दुवै अब मितलाउने
तिमीलाई भेट्न म कति दौडिएँ
तर, सकिन भेट्न; पटक्कै सकिन
लाचार छु म, तिमीलाई नभेटी घर फर्केँ

गणतान्त्रिक शुभकामना

इस्लाम, हिन्दू, इसइ सबको, चाड आफ्नै छ खास ।
भिन्दा भिन्दै फरक रितले, धर्म मान्ने समाज ।।
क्रिस्मस् भन्छन् बकरइद क्वै, न्यूदया भिन्तुना क्वै ।
यौटा अर्को अगिपिछ गरी, मान्दछन् पर्व आफ्नै ।।

नेपाली हौं सबजन उसै, जात पिच्छे छ चाड ।
बस्छन् साथै मिलिजुली सबै, धर्म मान्ने समाज ।।
जाती आफ्नै सबजन मिले, चाड आफैं मनाए ।
एकापस्मा नियमित सधैं, हर्षका गीत गाए ।।

शुभकामना

आयो चाड दशैं तिहार छठ औ, आयो बकरइद यो ।
आयो लोसर चाड क्रिस्मस अझै, आफ्नै उधौली अहो ।।
आएका सब चाड दिब्य सुखमा, सम्पूर्णका धर्मको ।
बाँड्दै छौं शुभकामना समयमै, हामी सबै पर्वको ।।

सतीको सराप

TikaMilan-02

अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् ।

Read More »सतीको सराप

नया शक्ति

तिमीलाई मेचीकालीको रक्षा गर पो भनेको थियो !
कालापानी र सुस्ताको निगरानी मात्र गर भनेको,
तर, तिमीले त ! !……………….! ! !
सिंगो राष्ट्र नै अर्कालाई सुम्पिन खोज्यौ

तिमीलाई त हातमा समातेर ताते गर्न मात्र सिकाएको थियो !
अनि तोते बोली बोल्न मात्र पो सिकाएको थियो त !
तर तिमी त पटाङ्गिनीमा परेड खेल्न अनि
टुडिखेलमा भषण पोगर्न पो थालिसके छौ !

विद्या

ए ! दाजु- भाइ !! बिद्याको खेती सबैले लगाऊँ
बिद्याको खेती लगाई अब यो देश सजाऊँ
बिद्या हो हाम्रो सम्पूर्ण धन सम्पत्ति सबैको
सज्जन भई गरौं न सेवा नेपाल आमाको

कसैले अब नगरी हेला, यो बिद्या पढिलेऊ
स्कूल जानु पर्दछ अब सबैलाई भनिदेऊ
आउन भाइ आउन बैंनी यै बिद्या पढेर
नियम कानुन सबैले बुझ, कुमती छाडेर

पढेर बिद्या लौ तिमी पनि, यो देश बनाऊ
रंगी बिरंगी पारेर देश, दुख सब् हटाऊ
नेपाल देश बिद्याको धनी, सबैमा सुनाऊ
सबैको आँखा ज्योतीले भरी उज्यालो देखाऊ

त्यो तिम्रो मन बिद्याले भरी, टमक्क बनाई
देशको सेवा गरेर बस, नाम् खुबै चलाई
कठोर काम गरेर सधैं, पसिना बहला

राजबृक्षको हाँगो

आज पनि झलझली सम्झना आइरहेको छ । त्यो एउटा विशाल बृक्ष, त्यसका ती फिजारिएका हाँगा । बाल्यकालको कुरा हो रेशमका मनमा कता कता त्यो कहालीलाग्दो अनकण्टारको जंगल, ससाना अबोध बालबालिका । मानसपटलमा झल्याकझुलुक झझल्को लागे झैँ अस्पस्ट दृश्यहरू मनमा तरंगित हुन्छन् ।

रेशमले आफ्नो गाऊँ छाडेको पनि कयौंवर्ष प्रवासमा बिताएको । उसले आफू सामाजिक कुरीतिका जालमा परेको र समयको परिबन्दमा फँसेर आफ्नो गाऊँ छाडेर हिड्नुपरेको कुरा महसुस गरिरहेको छ । त्यस बेला उसलाई सहायता गर्ने मान्छे कोही पनि भएनन् । उसले सरा गाउँलेका बिचमा आफूले गर्नै नहुनेकाम गरेछु भन्ने भान भएको थियो । घाँटीमा दाम्लो लाएर मुखमा घाँस कोच्याई दिने निर्णय पंचहरूले गरेका थिए । ऊसँग त्यसको प्रतिकार गर्ने क्षमता पनि त थिएन नि ।

TikaMilan-02

ओथारो

एउटा मुक्तक लेख्न बसेको केशव आज महाकाब्य नै लेख्ने हिम्मत गर्दै छ । त्यो मुक्तक त के हो र ? माया पिर्ती को कुरा लेखेर तुक्का मिलाउने त हो । उदहरण स्वरुप उसले मनमनै टुक्रो सम्झियो—“ फूल टिप, हाँगा नभाँच; जीवन साँच मायाँ नसाँच —”

यस्तै त होला नि मुक्तक भनेको, अब मुक्तक छाडेर महाकाव्य लेख्ने सुरमा विषय वस्तुको खोजी गर्न थाल्छ । कल्पना गर्दा गर्दै उसले महाँकाव्यको विषय पत्तो लगाएरै छाड्यो । ऊ विषय वस्तुको जरैसम्म पुग्छ । अब ऊ बिचार मग्न भएर सोच्न थाल्छ, छन्दको बारेमा रस अलंकार आदि कसरी लेख्ने ? गद्य वा पद्य केबाट थाल्ने ? अचेल गद्यमा लेखेका महाकाब्यहरू पनि पढ्न पाइन्छ ।

नयाँ नेपाल

अतीतका कथा र ब्यथाको कहानी बिर्सिएर
स्वर्गको काल्पनिक सपनालाई
बर्तमानको तराजुमा ढलपल ढलपल
घरि दायाँ घरि बायाँ ढल्किएको
चारबर्षे स्वर्गको यात्रा
अरु बाँकी ऐँझेरू पलाए झैँ,

षडानन्द र शान्ति

गहभरि आँसु बोकेको
एकादेशको कथाजस्तो छ दिङ्ला
जहाँ षडानन्द जन्मे
र धेरै षडानन्दहरू जन्माए
शिक्षाको ज्योति बालेर, कालो निशी पार गर्दे
उदाएका एक नक्षत्र, जो हुन् षडानन्द
जहाँ एउटा अबषेश मात्र जीवित छ
छ यहाँ, एउटा किम्बदन्ती; मात्र किम्बदन्ती

मुक्तक

तिम्रो त्यो सोर श्रृङ्गार देख्दा
कसको मन चन्चल नहोला र ?
तिमीले दलेका अनेक गन्धहरु
हावामा हर्हराउँदा
कतै;
मानव सभ्यताको इतिहासलाई
उपहास गर्दै
तिम्रो अतित्वलाई गिल्ला नगर्ला र ?
होसगर है !
कतै ! बिश्व सुन्दरी बन्नु पर्ला ;

२०३८ | २ | २४

आफ्नै डम्फू

आँधी आयो हुरी आयो, खहरेमा बाढी आयो
मच्चिएर कोकोहोलो, छिन्न भिन्न हुँदै रह्यो

हेरुँ कतै देखिदैन, सारा अन्धकार भयो
समयले कोल्टो फेर्दा, अँध्यारोमा ठोक्किरह्यो

कतै पर्यो हिमालमा, कतै कतै पहाडमा
कतै मधेशतिर पुगो, कतै चुरे भावरमा

जालबुन्दै उकास्ने

ताते गर्दै टुकुटुकु यहाँ भर्खरै हिड्न थाल्दा
तोते बोल्ने बचन कसरी निस्किने हो नजान्दा
भोका मान्छे घर घर हिडे खान खोज्दै भतेर
धर्मी बन्ने भन अब यहाँ, को छ, बस्ने सुकेर ?

छाता बन्दै नजरभरका, हेर आफ्नै बचेरा
गर्मी छल्ने सितल छहरा देउ आफैं सुकेर !
जुक्ती गर्छौ अमर रहने ? छैन केही सु-शिक्षा !
गर्नै पर्ने कसरत अहो ! देशमा यो स्व-रक्षा ?

आ-आफ्ना गुण

मान्छे जन्मिनगो कुनै समयमा बाबा र आमा तिनै
बेग्लै हुन्छ यहाँ स्वभाब यिनको झन् भिन्नता दिन्दिनै
जोगी बन्छ कुनै र भोग गरने भोगी बनेहुन् कति
रूदाछन् कसरी पिता र जननी बिग्रेभने सन्तति

गाँजा भाङ कुनै नखाइ नहुने हुन्छन् नसामा कुनै
त्यस्तैले मन यो बिगार्छ सहजै सड्डत् नगर्नु कतै
चेली बिक्रिभए अझै कति अहो बम्बै र दिल्ली तिर
राष्ट्रै बिक्नगयो अझै कती यहाँ सीमा भयो झन् वर

नेतानै पनि बिक्रि भैदिनगए देशै डुब्यो झन् अहो
यस्मा दोष कहाँ रहन्छ ? कसले जिम्मा लिने देशको ?
उन्कै हातमहाँ दियौँ र अहिले आफैँ गतिला भए
हाम्रा माग कतै सुझेन अहिले आफैँ पराई भए

अरुण नदी

बगेकी छिन् कोशी सललल नजिकै अरुण ती
यसैमा रम्दाछन् जलचर सधैँ लाखनथरी
जलैमा छन् पन्छी बिनुजल नबाँच्ने अरुयहाँ
किरा, माछा जम्मै; अझ पनि छदैछन् जलमहाँ

म जन्में यै खोला तटनिकट हुर्की बडिकन
रमाएरै खेल्थेँ परिचित हुदै यो जलधिमा
कुदी उफ्री पैले गडतिर सबै नै रनवन
लिई गाई भैँसी बिचरण गरी साथिसँगमा

भोटखोलाको यात्रा

कुरो धेरैबर्ष अघाडिको हो । २०३७ साल फागुन अन्तिम सातातिर हुनु पर्छ । म अघिल्लोवर्ष एस.एल.सी. परीक्षामा फेल भएको र फेरि त्यो साल पनि परीक्षा दिएको थिएँ । परीक्षा पछिको फुर्सदमा भने मलाई भोट खोलातिर घुम्न जाने मन लाग्यो । मेरा दाजु गोपाल चेपुवामा र काका सिम्मा गाउँमा शिक्षक हुनुहुन्थ्यो । दाजु त्यतिबेला घरमा आउनुभएकोले दाजु जाँदा म पनि डुल्नजाने निधो गरेर एकदिन बिहानको खना खाएर हामी दाजुभाइ उकालो लाग्यौं ।

लामो अन्तराल पछि लेख्ने जमर्को गरेको हुनाले धेरै कुराहरू त बिर्सी पनि सकियो होला । हामी घरबाट हिडेका दिन चिचिला पुगेर एउटा घरमा बास बस्यौं । चिचिलाबाट हिडेको दिन साँझमा हामी सिम्मा गाऊँमा काकाको डेरामा बस्न पुग्यौं ।

भानुलाई श्रद्धान्जली

नेपाली मनमा रहेर बसने, भानु तिमी देव हौ ।
श्रष्ठाको इतिहासमा अमर छौ, भाषा चिनाइदियौ ।।
यस्ता भानु तिमी थियौ भुवनमा, नेपालका भूषण ।
गर्दै छौं सबले मिलेर अहिले, श्रद्धान्जली अर्पण ।।

कदर्य

कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली गोठालाहरु थिए । घर परिवार तथा नातागोता पनि असाध्ये राम्रा र कुसल थिए । यी सबै राम्रो भए पनि उनी आफु असल थिएनन् । उनी अति नै घमण्डी, लोभी र दुर्जन थिए । कहिल्यै पनि आफ्ना घर परिवामा राम्रो लाउन र मिठो खान नदिने र सबैलाई गालि मात्र गर्ने, रुखो बचन भएका जहिले पनि अर्कालाई दोष मात्र दिन जानेका कसैले राम्रो काम गरे पनि गाली नै गर्ने नराम्रो काम गरो भने त झन् उसले उनीबाट कहिल्यै पनि माफ भने पाउँदै नपाउने ।

सीतल भर

बनेनौ चौतारी, वर पिपल झैं सीतल दिने |
कि बन्ने हौ छाँगा ? छरर बिजुली झल्ल बलने ||
कि बस्छौ ती सारा, गरिब जनको भित्र दिलमा ? |
भयौ ऐले आफै अबुझ कसरी मुर्ख छिनमा ?

हिमाली छाँगा झैं अविरल बहे सीतल जल |
गिरी उच्चा धेरै, समिर बहने भै सररर ||
बने द्यौराली झैँ धरति भरको रक्षक तिमी |
कती बन्छौ ऐसी, नबन अबता भक्षक तिमी ||