आज हो कि भोलि हो कि, जानुपर्छ त्यो दिनै ।
आउँदैछ नित्य यो लिएर जान साथमै ।।
हुन्न भन्न यी कुरा कि,आउँदैन काल त्यो ।
सक्छ भन्न को पखे ? लिएर जान्छ साथ पो ।।१

काल नै ठुलो सबै लिएर मृत्यु साथमा ।
आइ टप्प टिप्छ त्यो चुँडेर लान्छ बातमा ।।
फुत्त पस्छ देहमा झिकेर लिन्छ प्राण यो ।
सुन्छ देख्छ त्यो कतै न मान्छ बात ज्ञानको ।।२

सुल्टिने न उल्टिने न, गुल्टिने कचल्टिने ।
मार्न हान्न मात्र त्यो छ तम्सिने र लम्किने ।।
टप्प टप्प टिप्छ त्यो न, गर्छ भेदभाब क्यै ।
लिन्छ भाग त्यो सधैं चिनेर आफ्नु मात्र नै ।।३

लाख विन्ति यो गरे अनेक सर्त मिल्किए ।
लान्छ छैन छाडने पुगेर आयु सिद्धिए ।।
मार काट हान त्यो सुटुक्क छिर्छ भित्र गै
टिप्छ आफ्नु मात्र त्यो शिकार जो छ ढुक्क भै ।।४

हुन्न भन्न कालले म, आएदैछु है त्यहाँ ।
तान्छ निल्छ सासले खुसुक्क एकगाँसमा ।।
बात हुन्न दोहरी म दिन्न भन्न प्राण यो ।
बोल्नसक्छ क्वै त्यहाँ ? न,रोक्नसक्छ काल त्यो ।। ५

ईश हुन् खटाउने मिलाउने प्रपञ्च त्यो ।
को छ काल टारने ? हटाउने सिपालु पो ।।
बात गर्न सक्छ क्वै बसेर काल माझमा ।
मृत्यु बस्छ साथमा र, आउदैछ काल याँ ।। ६

२०७१ । ५ । १९
इटहरी — ५ पचरुखी

छन्द :- तुणक
गण :- र ज र ज र
पन्ध्र अक्षर,
आठ अक्षरमा विश्राम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *