उस्ले
आफ्नो हातको बाउलामा
सिगान पुछ्न छाडेको दिनदेखि
खोज्न थालेको हो
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
आज उस्को तालुबाट
जम्मै कपाल चिप्ली सक्यो
अनुहारमा लाली घसेर नआऊ
कोखिमा गन्ध छरेर नआऊ
मलाई लोभ्याउँछ
त्यो बालो योवन बोकेर नआऊ
बरु सक्छौं भने
मसँग जुध्ने छाइलो लिएर आऊ
अबको जिन्दगी केही रमाइलो लिएर आऊ
म चाहन्न,
मेरी श्रीमती चार दिवालमा कोट्टिएको
त्यसैले–
घर बाहिर हिँड्ने पाइलो लिएर आऊ ।
तिमी त गयौ
एकचोटी !
फर्केर हेर्दै नहेरी
तर, म उभिरहें
बीच बाटोमा
कुनै रुख उभिएझैं
र हेरिरहें तिमीलाई
एकनाश…
ऊ परको डाँडाले नछेकेसम्म
तिमी त गयौं
एकचोटी !
फर्केर हेर्दै नहेरी ।
प्राय : चुलै नबल्ने घरमा
कसैगरी बलिहाले पनि
उही एउटै परिकार
केवल खोले पाक्ने घरमा
कुनै दिन यदि
मासु मगमगायो भने
बुझ्नु–
त्यो दशैं हो
आखिर अर्को अर्थमा
दशैं भनेको
मिठो–मसिनो केही खाने दिन त हो ।